पथरी । नेपाली कांग्रेस पार्टी पथरी शनिश्चरे नगर समितिले नगरपालिका कार्यालय प्रमुख मोहन तुम्बापोलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
आज नगरपालिकाको सभाहलमा बिभिन्न माग राख्दै नगर समितिका कार्यबहाक सभापति कुल बहादुर गुरुङले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाएको हो ।
अबैज्ञानिक ढंगले लगाएको करको पर्नमुल्याङकन गर्नु पर्ने, बजेट निर्माण गर्दा बिकेन्द्रिकरणको सिदान्तलाई अंगिकार गर्नु पर्ने, सहितका १४ बुँदे ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझाउन पार्टीको नेताहरु कविता पराजुली पर्शु कार्की, सन्तोष कटवाल, योगराज पाठक सहितको सहभागिता रहेको थियो ।