पथरी । संविधान सभा सदस्य माननीय सभाषद चण्डी प्रसाद राई यतिबेला भैँसीको स्याहार गरिरहेका छन ।
पथरी शनिश्चरे ७ लामाटोली मोरङमा मखमली कृषि फार्म संचालनमा ल्याएका सभाषद राईले अहिले भैँसीको स्याहार गरिरहेका हुन । दुत र पाडापाडी उत्पादन गरेर बेच्ने उदेश्यले भैसी फारम संचालनमा ल्याएका सभाषद राईको भनाई रहेको छ ।
दैनिक १ सय लिटर दुत बेच्ने उदेश्य सहित काम सुरु गरेका सभाषद राईसंग अहिले ४ वटा लैनो भैँसी छ । भैँसीलाई खुवाउन ३ बिघा बढी जग्गा भाडामा लिएर हरियो घाँस खेती लगाएका छन । हाल दैनिक सरदर २० लिटर दुत बेचि रहेका छन । ३० वर्ष बढी शिक्षण पेशा गरेका सभाषद राई २०७० को दोस्रो संविधान सभाको निर्वाचनबाट सदस्यमा मोरङ क्षेत्र न. २ बाट निर्वाचित भएका थिए ।
नेता र नेतृत्व उत्पादनमा लाग्नु सह्रानिय कार्य हो । नेकपा (एस) को प्रदेश कमिटि सदस्य रहेका सभाषद राईको दैनिकी घाँस काटनु, दुत डेरीमा पुर्याउनु दैनिक नित्य कर्म हो । ्

तपाईको प्रतिक्रिया