
पथरी । पथरी शनिश्चरे नगरपालिका ७ मायालु चौक बस्ने वर्ष चन्द्र बहादुर तामाङको हत्यामा संलग्न भएको आशंकामा एक ब्याक्ती पक्राउ परेका छन ।्
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहन विक्रम दाहालका अनुसार आज धनकुटाको मुलघाटबाट उनी पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा चन्द्र बहादुरकै छोरी ज्वाई रविन्द राई रहेको डिएसपी दाहालले जानकारी दिए ।
हत्या हुनु भन्दा अघिल्लो दिनसम्मा ससुरा ज्वाई एकै घरमा खाना खाने बस्ने गरेको र चन्द्र बहादुरको हत्या भएपछि ज्वाई रविन्द्र फरार थिए । घरेलु हतियार दाउले पटक पटक घाँटीमा हानेको अवस्थामा शव घरको प्यासेजमा लडेको अवस्थामा थियो । ज्वाई रविन्द्र सुत्ने गरेको कोठाबाट प्रहरीले रगत लतपतिएको कपडाहरु बरामद गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जनाएका छन ।
चन्द्र बहादुरका श्रीमती छोरा र छोरी रविन्दको श्रीमती बैदेशिक रोजगारी रहेको परिवार स्रोतले जानकारी दिएको छ । रविन्द्रको आफुसंग सरसल्लाह नगरी श्रीमती विदेश गएपछि ३ जनालाई मार्छु भन्दै हिडने गरेको उनका आफन्तहरुले बताए ।
अहिले चन्द्र बहादुरको शव धरान घोपाको शवगृहमा राखिएको र अन्तिम संस्कारको लागी श्रीमती छोरा पनि आउने तयारी रहेको जनाइएको छ ।






