पथरी । अस्थाई प्रहरी चौकी कुसल बजारलाई पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष नविन जंग कार्कीले मोटरसाइकल उपलब्ध गराएका छन ।
नगरपालिकाले वडा अध्यक्षहरुको लागी खरिद गरेको को. १ ब. १५९० नम्बरको सरकारी मोटरसाइकल प्रहरीलाई उपलब्ध गराएका हुन ।
उत्त नम्बरको मोटरसाइकल वडा अध्यक्ष कार्कीले प्रयोग गर्दै आएका थिए ।
आज नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उप–प्रमुख देविमाया काफ्ले, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल वडा सदस्य र वडावासीहरुको उपस्थिति रहेको थियो उत्त उत्त मोटरसाइकलको चाबि दिइएको थियो ।

तपाईको प्रतिक्रिया