पथरी । पथरी शनिश्चरे नगरपालिका ७ सम्झाना चौकमा शुक्रबार बेलुका वर्ष ६२ का चन्द्र बहादुर तामाङको हत्या अभियोगमा प्रहरीले ज्वाई रबिन राईलाई पक्राउ गरेको छ ।
कानेपोखरी गाउ पालिका वार्ड नं. ५ बस्ने बर्ष २९ को रविन राईलाई हिजो ६ गते इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले साँगुरीगढी गाँउ पालिका ८ मुलघाट धनकुटा पक्राउ गरेको हो ।
रविन राई मृतक चन्द्र बहादुर तामाङको कान्छी छोरी ज्वाई हुन । अत्याधिक मदिरा सेवन गरेका रविनले घरको प्यासेजमा पिसाव फेरेको विषयमा झगडा भएपछि धारिलो हतियार दाउ प्रहार हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले पत्रकार सम्मेलनमा जनाए ।
घटनाका अभियुक्त रविन राईलाई मोरङ जिल्ला अदालतबाट दिन ४ (चार) म्याद थप गरी ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ । मृतम तामाङको शव धरान घोपा क्याम्पको शवगृहमा राखिएको छ । मृतक तामाङको श्रीमती, छोरा छोरी बैदेशिक रोजगारीका लागी बिभिन्न देशमा छन भने घटेपछि नेपाल आउने प्रक्रियामा रहेको आफन्तले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया