पथरी । सोमबार बिहान ७ः२० बजे पथरीको पश्चिम बस स्टेण्ड स्थित कुटपिटबाट सक्त घाईते बनेका एक व्यक्तिको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
हाल मोरङको विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा उपचारका लागि पुर्याइएका ति नाम र ठेगाना खुल्न नसकेका व्यक्तिको अवस्थामा गम्भीर रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहन विक्रम दहालले बताए ।
अस्पतालको आकस्मिक कक्षमा उपचाररत् ति व्यक्तिको अझैपनि होश र बोली खुल्न नसकेको जनाइएको छ । सोमबार बिहान पथरीशनिश्चरे न.पा. १ पुरानो बस स्टेण्डमा भेटिएका ति पुरूषको नाम थर, वतन पनि नखुलेको छैन् । हेर्दा तराईवासी जस्तो देखिने अन्दाजी ३५÷४० वर्षको पुरुष मानिसलाई भारत वेस्ट बङगाल आलेपुर दवा जिल्ला बस्ने ३०वर्षे शन्तबिर लामाले ढुङगाले टाउकोमा प्रहार गरी कुटपिट गरी गंभीर घाईते बनाएको थियो । कुटपिट गरीरहेको अवस्थामा तत्कालै इप्रका पथरीबाट प्रहरी निरीक्षक देविदत्त मोतेको कमाण्डमा खटिई गएको प्रहरी टोलीले निज अभियुक्त लामालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहन विक्रम दहालले जनाउनु भयो ।

तपाईको प्रतिक्रिया