पथरी । चन्द्र बहादुर तामाङको हत्यामा संलग्न भएको आरोप लागेको रबिन राईलाई भगाउन मद्धत गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन ।
पथरीशनिश्चरे नगरपालिका वडा न.–७ बस्ने वर्ष ३० की सूष्मा राईलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो ।
पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोक स्थित आफनै घरमा वर्ष ६२ का चन्द्र बहादुर तामाङको धारिलो हतियार दाउ प्रयोग गरेर असोज ४ गते बेलुका हत्या भएको थियो ।
हत्या अभियोगमा पक्राउ परेका रबिन राईलाई सूष्माले पैसा दिएर भगाएको अनुसन्धानबाट खुलेको हुनाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हत्या अभियोग लागेका ज्वाई रविन राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिकाबाट नियन्त्रणमा लिएर ज्यान कर्तब्य ज्यान मुद्धा दर्ता गरिसकेको छ ।
सूष्माविरुद्ध कर्तव्य ज्यान कसुरको मतियारका रूपमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको इप्रका पथरी प्रमुख डिएसपी मोहन विक्रम दाहालले बताए ।
मृतक चन्द्र बहादुर तामाङ र हत्या अभियोगमा पक्राउ गरेका रबिन राई ससुरा ज्वाई हुन ।