विजय खम्बु
पथरी । नेपालमा म इमान्दार भएर समाजसेवामा निरन्तर काम गर्ने मानिस हो भन्छन् भने कि राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका हुनु पर्छ कि झुटा बोली रहेको छ, यो सत्य हो ।
ग्रमिण क्षेत्रमा मातृ शिशुको मृत्युदर घटाउने उदेश्यले २०४५ सालबाट राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका गठन अभियान सुरु भएको थियो ।
शरश्वती खनाल (५९) ले २०४७ सालबाट पथरी शनिश्चरे नगरपालिका वडा न. ३ मा रहेर काम गर्न थालेकी हुन । स्थानिय अगुवा कपिल सुवेदी, मनमाया राई र लक्ष्मी सुब्बा सहितको प्रस्तावमा शरश्वती खनाल राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका बनेर काम गर्न थालेको बताउछिन ।
जाँते साम्लीङमा जन्मीएकी शरश्वती र पथरी शनिश्चरे ३ का मेदनीप्रसाद खनाल विच मागि बिवाह भएपछि यहाँ स्थाई बसोबास सुरु भएको थियो । श्रीमान र ५ छोराको अपार सहयोगको कारणले गर्दा खेरी नै राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको भूमिकामा रहेर काम सकेको बताउछिन ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकामा अवद्ध भएपछि बिभिन्न तालिम, गोष्ठीहरुमा सहभागी भएर सिकेका कामलाई आफ्नो गाउँमा प्रयोग गर्दा सफल भएको बताइन ।
औलो, झाडापखाला र बान्ता जस्ता महामारीका कारण धेरैले अकालमा नै मृत्युवरण गर्नु पर्ने अवस्था रोकीएको शरश्वती खनालसंग अनुभव छ । महामारीबाट बच्ने र बचाउने विषयमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका भएर जनचेतनाका लागी प्रत्येक घरमा गएर सिकाएको अनुभव छ ।
निमोनियाको कारण बच्चाको मृत्युदर रोक्न “कोटिम” भन्ने औषधी दिने गरिन्थ्यो । घाउ खटिराको बिरुद्धमा जीवि र टाउको ज्वोरो आएको मानिसलाई सिटामोल खुवाएर धेरै बचाएका थियौं, कोटिमको कमालको कारण मान्छेहरु रातीको समयमा पनि लिन आउथे, शरश्वती खनालले भनिन् ।
पथरीमा सडक संजाल थिएन । साइकल र फोन थिएन । मान्छे भेट गर्नु परेमा घरमा नै पुग्नु पर्ने अवस्था थियो । बिरामीलाई बाँसमा कपडाको झोलुङगो बनाएर उपचारको लागी लगिन्थ्यो । अन्ध बिश्वासको कारणले गर्दा खेरी नै धेरै मानिसले ज्यान गुमाउथ्यो ।
अहिले सुविधा सम्पन्न छ, यसलाई उपभोग गरिरहेका छौं । त्यसबेला त्यस्तो थिएन ।
सुरुवात ताका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई भत्ता भनेर २० रुपैयाँ सरकारले दिन्थ्यो । पछि १ सय रुपैयाँ र अहिले ३ हजार दिन्छ । पथरी नगर अस्पतालको जग्गादाता बाबुराम राईले खाजा खर्च भनेर वहाँको ब्यत्तीगत तर्फबाट एक जना बराबर महिनाको १ सय रुपैयाँ दिदै आएको शरश्वती खनालले बताइन ।
पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मुरारी आचार्य पथरी आएपछि राम्रो विकास भएको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई काम गर्न सहज भएको बताइन ।

तपाईको प्रतिक्रिया