विजय खम्बू
जाँते । लेटाङ नगरपालिका ८ जाँते मोरङका एक किसान दम्पतीले शब्जी खेतीको आम्दानीबाट नै ३ छोराहरुलाई डिग्री पढाउन सफल भएका छन । वर्ष ६४ का बाबु सरोज र आमा तारादेवी तिम्सिनाले ३ छोराहरु टिएन तिम्सिना विज्ञान विषयमा, माइलो प्रतिन सोसोलोजीबाट र कान्छो दिपक तिम्सिनालाई कृषि विषयमा डिग्रीसम्माको अध्यान पूरा गराउन सफल भएका हुन ।
जेठो छोरा टिएन पथरी शनिश्चरे २ मा रहेको रेडस्टार बोर्डिङ स्कुल र ऋतम्भरा बहुमुखी क्याम्पसको प्रिन्सीपल माइलो छोरो प्रतिन एक जेसिवि कम्पनीमा कार्यरत छन भने कान्छो छोरो दिपक कृषि अनुसन्धान केन्द्रमा कार्यरत छन ।


२०५६ सालबाट बिधिवत रुपमा शब्जी खेतीको सुरुवात गरेका तिम्सिना दम्पतीले वर्षिक ५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्थे । सुरुवाती चरणमा उत्पादन गरेको शब्जी डोकामा बोकेर लेटाङ बजारमा लगेर बेचेको स्मरण गर्छन । बिहानको समयमा शब्जीको भारी बोकेर छोराहरु पढाइयो, छोराहरुले राम्ररी पढेर आफ्नो इलम गरिखाएकोमा आफुहरु खुसी रहेको आमा तारादेवी बताउछिन ।
३ छोराहरु विदेश पनि गएनन, नेपालमा गरि खाएकोमा आफुहरु झनै खुसी रहेको आमा गितादेवीको भनाई रहेको छ । चाडबाडको बेला भेला हुन्छन, त्यो भन्दा खुसी अरु के हुनु ? आमा गितादेवीले भनिन ।
यो सिजनमा पनि तिम्सिना दम्पतीले ८ कठ्ठामा टमाटर खेती लगाएका छन । टमाटरबाट २ लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको सरोजले बताए । पहिले जस्तो राम्रो विउ अहिले नभेटिने तिम्सिना दम्पतीको भनाई छ । सिंचाईको राम्रो प्रबन्ध रहेको जाँते क्षेत्रमा अधिकांस मानिस तरकारी बेचेर मनग्गे अम्दानी गर्छन ।

तपाईको प्रतिक्रिया