पथरी । पथरी शनिश्चरे २ बोक्रेचौकमा रहेको शरश्वती आधारभूत विद्यालयका ९४ जना विद्यार्थीलाई विद्यालय पोशाक ट्रय्कसुट वितरण गरिएको छ ।
पूर्व विद्यार्थी पथरी शनिश्चरे २ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका रविन दाहालले ६४ सेट, सोही स्थानका पन्कज बुढाथोकी हाल नेपाल सुरक्षा अध्यान अनुसन्धान केन्द्रका अफिसरको कार्यरत पंकज बुढाथोकी, स्थानिय समाज सेवी सरु बिक र सोही विद्यालयकी प्रधानाध्यापक अम्बीका गौतम सहितको आर्थिक सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
हिजो पुस १७ गते विद्यालय प्राङगणमा एक कार्यक्रमको आयोजना गरि रविन दाहालका बाबु पथरी गाबिसका पूर्व उपाध्यक्ष पोम प्रसाद दाहाल, पंकज बुढाथोकीका बाबु पार्थ बहादुर बुढाथोकी सहितको उपस्थितीमा ट्रयकसुट वितरण भएको थियो ।
रोजगारीका लागि अमेरिकामा रहेका रविन दाहालले यस विद्यालयलाई आर्थिक सहयोग गर्दै आई रहेको छन । कार्यक्रमका प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिका वडा न. २ का वडा अध्यक्ष नैना राईले सहयोगी ब्यात्तीहरुलाई धन्यवाद दिंदै सामुदायिक विद्यालय संचालन गर्न स्थानिय सहयोगले टेवा पुग्दै आएको बताए ।
अंग्रेजी माध्यमबाट कक्षा ५ सम्म पठन पाठन संचालन भइरहेको शरश्वती आधारभूत विद्यालयमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र थापाको अध्यक्षता कार्यक्रम संचालन सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया