पतरी । पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वस्थ्य शिविरमा १२८ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।
हिजो शुक्रवार शनिश्चरे स्वास्थ्य चौकीमा आयोजना गरेको शिविरमा १२८ जनाले स्वास्थ्य परीक्षण गराएको हो ।  स्वास्थ्य परीक्षणका क्रममा पाठेघरको मुखको क्यान्सर स्कृनिड्ग गर्दा ६ जना भी. आई. ए पोजेटिभ पाइएको र परामर्श गरी रेफर गरिएको थियो ।
⁠२ जनाको आङ खाम्ने समस्या, ⁠विभिन्न प्रजनपन स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन, र निः शुल्क औषधी वितरण गरिएको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी तुलसा लकान्द्रीले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया