
पथरी । सथानिय निर्वाचन २०७९ को मत परिणाम अनुसार पथरीशनिश्चरे नगरपालिका वडा न. १ को वडा अध्यक्षमा नेकपा एमाले पार्टीका उम्मेद्धवार भिमकुमार राई अगाडी ३२३ मतले अग्रता लिएका छन ।
कुल खसेको मत ४ हजार ७ सय १८ मत मध्ये हाल ३ हजार ६ सय २ मत गणना हुदा भिमकुमार राईले १ हजार ४ सय ८ मत लिएर अगाडी रहेका छन भने नेपाली काँग्रेसका उम्मेद्धवार राजेन्द्र बस्नेतले १ हजार ८५ मतले पछयाई रहेका छन ।
गत स्थानिय निर्वाचनमा नेकपा एमाले पार्टीका उम्मेद्धवार बाबुराम एङदेनले १ हजार ५ सय २९ मत लिएर निर्वाचन जितेका थिए भने एङदेनका प्रतिद्धन्दी धनकुमार तामाङले ११११ मत पाएर दोस्रो स्थान बनाएका थिए ।






