
पथरी । नेकपा एमाले पार्टीका उम्मेद्धवार नैना राईले १ हजार १ सय ८९ मत लिएर अगाडी रहेका छन । राईका प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेद्धवार टिका तामाङले ८ सय ९५ मत पाएर दोस्रो स्थानमा छन । २ हजार ६ सय ९० मत गणना हुदा नैना राईले तामाङलाई २९४ मतले लिड गरिरहेका छन । स्थानिय निर्वाचन २०७४ यस वडामा नेकपा एमालेका उम्मेद्धवार यामप्रसाद गुरागाईले ९ सय ७६ मत पाएर विजयी भएका थिए भने स्वतन्त्र उम्मेद्धवार रत्नबहादुर बस्नेतले ५ सय २ मत पाएर दोस्रो भएका थिए । ३ हजार ३ सय ९३ मत झरेको यस वडामा नेकपा एमालेका बागी उम्मेद्धवार लालटिन चुनाव चिन्ह लिएर निर्वाचनमा आएका घनश्याम भट्टराई ९६ मत पाएका छन । नेपाली कांग्रेस पार्टीका वडा अध्यक्ष पद्का उम्मेद्धवार टिका तामाङलाई नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा साझा उम्मेद्धवारको रुपमा रहेका छन ।





