विजय खम्बु
विषय प्रवेश
पथरी । पथरी शनिश्चरे नगरपालिकामा ८५ प्रतिशत कृषि योग्य जमिन छ । नगरपालिकाको वेभ साइटमा उल्लेख भए अनुसार ८५ प्रतिशत खेतीयोग्य जमिन भए पनि खाध्यन्न, सब्जी तरकारी कति उत्पादन भयो भन्ने तथ्याङ्क चाहिँ भेटिएन ।
नगरपालिकामा कृषि शाखा, पशु तथा मत्स्य शाखा छ । तर उत्पादनको तथ्याङ्क नहुँदा सम्बन्धित शाखासङ यथार्थ अभिलेख राख्नु पर्ने मुख्य आवश्यकता रहेको देखियो ।
पूर्वी नेपालको हरियालीले भरिएको मोरङ जिल्ला, र त्यसको मुटुमा रहेको पथरी शनिश्चरे नगरपालिका—कृषिको सम्भावना र चुनौतीबिच दोधारमा परेको एक महत्त्वपूर्ण क्षेत्र हो ।
खाध्यन्न तथा सब्जी सन्दर्भ
उत्पादनको हिसाबले यस नगरपालिका उर्वर भूमि नै मानिन्छ । यस नगरका कृषकहरू दसकौँ देखि धान, गहुँ, मकै, तरकारी, फलफूलदेखि पशुपालनसम्ममा सक्रिय छन् । तर अधिकांश किसान परम्परागत ढंंगबाट खेती गरिरहेको पाइन्छ  । नयाँ प्रविधि प्रयोग गरेर व्यावसायिक खेती गर्ने किसान कम छन् । यस नगरपालिकामा अधिकांंस किसान मौसमी खेतीमा रमाइरहेको पाइन्छ । बेमौसमी व्यावसायिक खेती तर्फ ध्यान गए पनि ठुलो लगानी र बढी रिस्क हुने भएकोले त्यस तर्फ आकर्षण छैन ।
खाध्यन्न उत्पादनका लागि यस वर्ष पथरी शनिश्चरे नगरपालिका कार्यालयको कृषि शाखाले १९ सय बोरा डिएसपी र १८ सय बोरा युरिया रासायनिक मलको लागि सिफारिस गरिएको प्रविधि प्रवेश ढकालले जानकारी दिनु भये । लास्ट ट्रडिङ कार्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडको रासायनिक मलको लागि सिफारिस गरिएको प्रबिधिक ढकाललृृे जानकारी दिनु भयो ।
यसको आलवा अर्ग्यानिक तथा जैविक मल र विषादी ७५ प्रतिशत अनुदानमा पथरी साना किसान सहकारी संस्था लि. पथरी शनिश्चरे १ को सहकार्यमा वितरण गरिएको थियो ।
अगुवा किसान तथा अन्य किसानलाई यस वर्ष ६ जातको धानको वियु ४ हजार ९ सय ७५ केजी धानको वियू वितरण गरिएको प्रविधि ढकालले जानकारी दिनु भयो ।
हिंउदे मकै क्षेत्र विशेष अनुदान कार्यक्रमबाट पथरी शनिश्चरे नगरपालिकाले हाइब्रिड मकैलाई प्रति कट्टा मकै खेती गर्ने कृषकलाई ५ सय रुपैयाँको दरले ७० बिघाको लागी अनुदान कार्यक्रम सञ्चालन गरेको थियो
किसानले सामने तय साग सब्जी उत्पादनमा मात्रै ध्यान दिन सके मनग्य आम्दानी गर्न सक्छन् । तर किसानले उत्पादन गरेको सामग्री स्थानीय सरकारले बजारीकरण गर्न मद्दत भने अवश्य सहयोग गर्न पर्छ ।
लाखौँ लगानी गरेर मौसमी खेतीबाट उत्पादन भएका बस्तुलाई राखेर बेच्न दिने ठाउँ हुन पर्‍यो । स्थानीय व्यापारी र कृषक बिच समन्वय गरिदिनु पर्‍यो, र ती बस्तुलाई प्रचार प्रसार गर्न मद्दत गर्नु पर्‍यो ।
यस नगरपालिकाले किसानलाई धान, मकै, आलु गहुँ लगायतको खाध्यन्नको न्यूनतम मूल्यमा बिउ वितरण गर्छ । उत्पादन भएका खानयोग्य खाध्यन्न भडारण गर्ने सित भण्डार नभएकोले सस्तो मूल्यमा बेच्न किसान बाध्य हुन्छ ।
पथरी शनिश्चरे नगरपालिकामा लाग्ने मुख्यतः आइतबार र बिहीबार लाग्न २े दिने हटियामा नगरका कृषकले उत्पादन गरेको स्टल राख्ने स्थान दिलाएर जाने वातावरण बनाउनु पर्ने देखिन्छ ।
वडाले छुट्टै बजेटबाट आलु र धानको वियु वितरण गरिएको भए पनि यसको तथ्याङ्क नगरपालिकामा नभएको देखिएको छ ।
पशुपन्छी, दुग्ध तथा माछा मासु सन्दर्भ
पथरी शनिश्चरे नगरमा गाई भैँसीको दुधमा आत्मा निर्भर रहेको मान्न सकिन्छ । दैनिक हजारौँ लिटर दूध स्थानीय व्यापारी तथा व्यवसायीले ठुला सहर बजारमा निर्यात गरिरहेका छन् । मौसम अनुकूलता अनुसार पथरी शनिश्चरे नगरमा खासै अन्य सहर बजारबाट न्यूनतम बाहेकका दूध दही, पनिर मही घ्यू आयत नहुने  बिहानी दुग्ध तथा कृषि सहकारी व्यवस्थापक नेत्र बरालले जानकारी दिनु भयो ।
माछा मासुको सवालमा करिब सुँगुर बङ्गुर र लोकल कुखुरा बाहेक परनिर्भरता नै रहको छ । पथरी शनिश्चरे नगरमा पालिएका सुँगुर बङ्गुरले काठमाण्डौं पोखरा लगायतको ठुला सहरमा व्यापारीको माध्यमबाट निर्यात हुने गरेको छ । लोकल कुखुरा इटहरी धरान र विराटनगर जस्ता सहरमा बेपारीकै माध्यमबाट निर्यात भइरहेको छ ।
माछा र राँगा भैँसी नगरमा उत्पादन भएकोले पुग्ने अवस्था छैन । लामो समय देखी माछाको व्यापार गर्दै गर्दै आएका मनोज सनहीका अनुसार अन्य ठाउँमा पालिका माछाले पथरी बजारमा भाउ पाउने गरेको बताउनु हुन्छ ।  पथरी शनिश्चरे नगरको पोखरीमा उत्पादन भएका माछाले ४ महिना मात्र पुग्ने र अन्य समयमा विराटनगर लगायत विभिन्न स्थानमा उत्पादन भएका माछा बिक्री गर्ने गरेको सनहीको भनाइरहेको छ ।
पथरी शनिश्चरे नगरमा ६५ हेक्टर क्षेत्रमा माछा व्यवसाय गर्दै आएको पथरी शनिश्चरे नगर पशु अस्पतालमा कार्यरत प्रविधि जनक चौधरीको भनाई रहेको छ ।
माछा पालन गरेर ठुलो आम्दानी गर्ने कृषक कम रहेको र परिवार निर्वाह गर्ने किसान बढी रहेको प्रविधि चौधरीको भनाई रहेको छ । अबको बजेटमा कृषकलाई माछाका भुरा वितरण कार्यक्रम राखेर काम गर्ने तयारी गरिरहेको प्रविधि चौधरी बताउनु हुन्छ ।
राँगा पालन व्यावसायिक रूपमा पथरी शनिश्चरे नगरमा छैन । किसानले पालेका बाहेक राँगा भैँसीको मासुको सवालमा बाहिरबाट व्यापारीको माध्यमबाट उद्याउनु पर्ने अवस्था छ । ब्यवासायिक रूपमा २० प्रतिशत भन्दा बढी मासुका लागि पालिने राँगा भैँसी सिराहा सप्तरी लगायत देशको पश्चिम भेगबाट ल्याएर मासुको माग बाजा रमा पुर्याउदै आएको मासु व्यवसायी बुद्ध लिम्बुले बताउनु भयो ।
पूर्वको प्राय बजारमा राँगा भैँसीको मासु खपत हुने भएको हुँदा दो माना, बेलबारी र दमक बजारमा बेपारीले ल्याउने सोही ठाउँबाट खरिद गरेर ल्याउँदै पथरी बजारको मासुको माग पूरा गरिने गरेको मासु व्यवसायी लिम्बुको भनाई रहेको छ ।
यस्तै खसी बोकाको मासुका लागि पनि करिब ३० प्रतिशत बाहिर बजारबाट नै ल्याउनु पर्ने अवस्था रहेको मासु ब्यवसायीहरुको भनाई रहेको छ ।यस आर्थिक वर्षमा पथरी शनिश्चरे नगरपालिका कार्यालयबाट १ करोड रुपैयाँ कृषि सम्बन्ध शीर्षकमा बजेट छुट्टाएको थियो ।
फलफूल सन्दर्भमा
डराइगन फल पथरी शनिश्चरे नगरमा राम्रो उत्पादन गरी बाहिर बजारमा बेचेर आम्दानी गर्ने कृषकको बहुल्यता  छ । महँगो मुल्य पर्ने फल भएको हुँदा स्थानीय बजारमा कम खपत हुने भएकोले ए ग्रेडका दानाहरू काठमाण्डौं लगायत देशको विभिन्न सहरमा बेचिँदै आएको पथरी शनिश्चरे नगरपालिका वडा न. ८ मा रहेको मेधावी कृषि फर्मका संचालक खगेन्द्र लिम्बुले जानकारी दिनु भयो ।
पथरी शनिश्चरे नगरमा ड्रइगन फल व्यवसाय भन्दा अन्य फलफूल आँप, लिच्चड लगायतको बगैँचा नभएको अवस्था हो । व्यवसायी फलफूल नभएको भेटिन्छ ।
उखु र किसान 
पथरी शनिश्चरे नगरपालिकामा उखुको सम्भाव्यता ध्यान गर्नु अहिलेको आवश्यकता हो । पथरी नगर अस्पताल परिसरमा पथरी शनिश्चरे २ निवासी विशाल राईले आफ्नो खेतीमा रोपेको उखुले राम्रो आम्दानी गरिरहेका छन् । दैनिक ४ हजार रुपैयाँ  सम्मा उखुको जुस पेलेर बेच्ने गरेको बताउनुहुन्छ ।
अहिले ४ कठ्ठामा रोपेको उखुले राम्रो आम्दानी गरिरहेको अब १० कठ्ठामा रोप्ने योजना रहेको बताउनु हुन्छ । आफूले पथरी बजार र बाहिर पनि ठेक्कामा दिने गरेको बताउँदै यसलाई बिस्तार गरेर लाने योजना रहेको राईको भनाई रहेको छ ।
यस्तै पथरी शनिश्चरे नगरपालिका वडा न. ३ का अनुस्का कृषि फर्मका सञ्चालक मोहन प्रसाद गौतमले पनि उखुबाट मनग्य आम्दानी गरेको बताउनु हुन्छ ।
४ कठ्ठामा रोपेको कालो र रातो ग्यवरा उखुले १ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताउनु हुन्छ ।  प
बजार पहुँच र मूल्य निर्धारण
कृषकको सबैभन्दा ठुलो गुनासो भनेको—उत्पादनको सही मूल्य नपाउनु हो। बिचौलियाको चलखेल, कृषकलाई उचित मूल्य नपर्ने र बजार व्यवस्थापनमा राज्यको कमजोर उपस्थितिका कारण कृषक निराश छन् । उत्पादन खर्च अत्यधिक छ, तर विक्रीमा फाइदा कम । नगरपालिकाले साप्ताहिक हाटबजारहरू सञ्चालन गरे पनि दीर्घकालीन बजार नीति र संरचना अझै कमजोर छ ।
पथरी शनिश्चरे नगरपालिकाले कृषि प्रवर्द्धनका लागि केही कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । बीउ वितरण, प्लास्टिक टनेल, सिँचाइ पाइप, मल बीउ अनुदान, कृषि प्राविधिकको तालिम लगायतका कार्यक्रम भएका छन् । तर, ती सबै कार्यक्रम सबै वडामा समान रूपमा नपुगेको र प्रभावकारिता कमजोर रहेको गुनासो किसानहरूबाट उठेको छ ।
सहकारीको भूमिका
पथरी शनिश्चरे नगरपालिकामा दर्ता भएका सहकारीहरूले बीउ वितरण, तालिम, उत्पादन सङ्कलन र बिक्रीमा प्रभावकारी भूमिका साना किसान कृषि सहकारी र केही बाहेक अन्यको भूमिका कमजोर छ ।
पथरी शनिश्चरेमा कृषि पर्यटन, अर्ग्यानिक खेती, नगदे बाली, फूल खेती, मत्स्यपालन जस्ता क्षेत्रको अपार सम्भावना छ । कोसी राजमार्गको पहुँच, मध्यम वर्गीय जनसङ्ख्या र उपभोक्ताको माग हेर्दा कृषिलाई व्यवस्थित बनाउने हो भने नगरपालिकाले आत्मनिर्भरता हासिल गर्न सक्छ ।
निष्कर्ष
सिँचाइको व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता छ । किसानले सहज रूपमा सिँचाइ सुविधा पाउनुपर्छ । सिचाइको लागि डाँस खोला र बक्रा खोलालाई उपयोग गर्न सक्ने अवस्था भए राम्रो हुने थियो ।
कृषकलाई बजारसम्म सिधा पहुँच दिने संरचना कृषि एम्बुलेन्स सञ्चालन गर्न सकिन्छ । कृषि एम्बुलेन्स सञ्चालन गर्दा देशको विभिन्न ठुला सहरमा पथरी शनिश्चरे नगरका किसानले उत्पादन गरेका खाध्यन्न साग सब्जी, फलफूल लगायतका सामग्री लगेर बिक्री वितरण गरेर आम्दानीको स्रोत बढाउ नसक्ने राम्रो अवसर छ ।
कृषकलाई अर्ग्यानिक तथा प्रविधिमैत्री बनाउने कार्यमा नगरपालिकाको कृषि, तथा मत्स्य, पशुपन्छी शाखाको भूमिका बढाएर लानु पर्ने अवस्था छ ।
प्रविधिमैत्री बनाउनको लागि तालिम गोष्ठि सञ्चालन गर्नसक्नु पर्छ भने पथरी शनिश्चरे नगरपालिकामा सम्चार कर्मी तथा मिडियालाई कृषि सम्बन्धीका फेलोसिप लेख समाचार सामग्री प्रकाशन प्रसारण गर्ने उपलब्ध गराउनु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया