
पथरी । स्थानिय निर्वाचन २०७९ को पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा नेकपा एमाले पार्टीका उम्मेद्धवार मोहन तुम्वापो ८ सय ६३ मतले अगाडी रहेका छन । तुम्वापोले वडा न. १, २, ३ र ४ को मतगणना भए अनुसार ४ हजार ८ सय ३९ मत पाएका छन भने उनका प्रतिद्धवदी नेपाली कांग्रेस पार्टीका उम्मेद्धवार नगेन्द्र सुब्बाले ३ हजार ९ सय ७६ मत ल्याएर पछयाउदैन ।
उप प्रमुखमा भने नेपाली कांग्रेसका उम्मेद्धवार कबिता पराजुलीले ४ हजार १ सय ६८ मत ल्याएका छन भने नेकपा एमालेका उम्मेद्धवार देवीमाया काफलेलाई ४ हजार १ ६८ मत आएको छ । त्यसै गरि नेकपा माओबादी केन्द्रका उम्मेद्धवार दिननाथ तिम्सीनाले ८ सय २३ मत ल्याएका छन भने कलम चिन्हका उम्मेद्धवार बिन्दु राईले १ हजार ४ सय ७६ मत ल्याएर तेस्रो स्थानमा छन । माओबदी पार्टीको उपप्रमुख पद्को उम्मेद्धवार नभए पनि १ सय ६३ मत आएको छ भने एकिकृत समाजबादी पार्टीको मेयर पद्मा उम्मेद्धवारी नभए पनि ५२ मत आएको छ । प्रमुख र उपप्रमुख पदमा माओबादी केन्द्र र नेकपा एस, जनता समाजबादी पार्टीको गठबन्धन छ ।
त्यसै गरी चुनाव चिन्ह हलो लिएर उठेका राप्रपाका उम्मेद्धवार समर राईले ५ सय ९५ मत लिएर चौथो स्थानमा छन । उपप्रमुख पदमा राप्रपा उम्मेद्धवार नभए पनि ३ सय २४ आएको छ । यस्तैे भाले चुनाव चिन्ह लिएर आएका मंगोल नेशनल अर्गनाइजेसनका उम्मेद्धवार पुनम राईले ३ सय २१ मत ल्याएका छन । उप प्र्रमुखमा ३ सय १८ मत आएको छ । यस्तै खुकुरी चुनाव चिन्ह लिएर बलबहादुर लिम्बुले २ सय ११ मत प्राप्त गरेको छन भने उपप्रमुखमा १ सय ६२ मत आएको छ ।
यो समाचार तयार गर्दासम्मा वडा नम्बर १, २, ३ र ४ बाट आएको मत मध्ये १२ हजार १८ मत गणना गर्दा आएको हो । यस नगरमा गत स्थानिय निर्वाचन २०७४ मा नेकपा एमाले पार्टीका दिलिपकुमार राईले ९ हजार ८७ मत पाएर जितेका थिए भने नेपाली कांगे्र्रसका उम्मेद्धवार गणेश खडकाले ७ हजार २ सय २४ मत पाएर निर्वाचन जितेका थिए । उपप्रमुख पद्मा नेकपा एमालेका तर्फबाट यमुना बिष्टले ९ हजार ९ सय २७ मत पाएर विजयी भइकी थिइन भने नेपाली कांग्रेस पार्टीका उम्मेद्धवार प्रेमला राईले ७ हजार ३ सय ४४ मत पाएर दोस्रो भएकी थिइन ।






