पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. १ मा रहेको श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समुहका अध्यक्ष कुलबहादुर गुरुङ (कुलमणी) ले भाबि कार्य योजना प्रतिवेदन प्रस्तु गर्नु भएको थियो । अध्यक्ष गुरुङले प्रस्तुत गर्नु भएको २७ बुँदे प्रतिवेदनमा जाँतेमोड स्थित खेल मैदान निर्माण लगायतका २७ बुँदे प्रस्ताव पारित भएको छ । साधारण सभाको खुल्ला सत्रमा सचिव अनिता थापाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष रोमान्सि धिमालद्वारा प्रस्तुत आर्थिक र लेखा संयोजक राजेन्द्र भण्डारीले प्रतिवेदनहरु प्रस्तुत लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १ का वडा अध्यक्ष भिमकुमार राईले कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय पथरीशनिश्चरेका सहायक प्रमुख कृष्ण चोङ्बाङ, निवर्तमान अध्यक्ष केवी गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघ नगर सचिव हेमभक्त तमु, मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश राई लगायतले शुभकामना दिएका थिए । शान्ति वन समूहका उपाध्यक्ष नवराज मिश्रद्वारा स्वागति गरिएको कार्यक्रम सचिव अनिता थापाले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया