
पथरी । पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्वापोको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
जेन जी आन्दोलनको क्रममा भदौ २४ गते तुम्वापोको घर तोडफोड तथा समान आगजनी भएपछि शान्ति टोल विकास समिति पथरी शनिश्चरे नगरपालिका वडा न. २ शान्ति चौकले नगद ६७ हजार ४० रुपैयाँ नगद सहयोग प्रदान गरेको हो । यो रकम शान्ति टोल विकास समितिमा आवद्ध ९२ घर परिवारले संकलन गरेर प्रदान गरिएको टोल विकास समितिका अध्यक्ष राजकुमार गेलालले जानकारी दिनु भयो ।
नगर प्रमुख तुम्वापोको घर तोडफोड र आगजनीको कारण खाध्यन्न, ओढ्ने ओच्छाउने फर्णिचरका समान केही पनि छैन ।
भ्रष्टचार गरेको भन्दै घरका सम्पूर्ण समान र सौचालय समेत तोडिएपछि अहिले छिमेकीको घरमा तुम्वापोको परिवार सरण लिएर बसेका छन ।






