
पथरी शनिश्चरे नगरपालिका वडा न. २ स्थित लिच्चिडाँडामा स्केट पार्कको उद्घाटन गरिएको छ ।
आज असोज १३ गते सोमबार नगरप्रमुख मोहन तुम्वापोले रिवन काटेर स्केट पार्कको उद्धघाटन गर्नु भएको हो ।
करिब ४० लाख रुपैयाँको लागतमा स्थानिय मानव राईले निर्माण गर्नु भएको स्केट पार्क खेलाडी सहितको उपस्थितीमा नगर प्रमुख तुम्वापोले उद्धघाटन गर्नु भएको थियो ।
एक पटकमा ३५ जना खेलाडी खेल्न मिल्ने गरि निर्माण गरिएको हलमा प्रति घण्टा एक सय ५० रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।
बिहान ४ बजेदेखी बेलुका ९ बजेसम्म पार्क सचालन गरिने संचालक राईले जानकारी दिनु भयो ।
खेल्न आउने खेलाडीलाई स्केट सुज र पानीको प्रबन्ध रहेको तर दुरघटनामा परि घाइते भएको अवस्थामा खेलाडी स्वयम जिम्मेर बन्नु पर्ने संचालक राईको भनाई रहेको छ ।
कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष नैना वडा सदस्य सिके राई, पथरी उद्योग वाणिज्य संघका महासचिव अशोक राई लर्डवुद्ध साकोसका अध्यक्ष अमिर राई सहितको उपस्थिती थियो ।






