पथरी । कानेपोखरी गाउँपालिका वडा न. ७ मोरङ स्थित दहिलामी लामीचौरी सामुदायिक वन समूहको क्षेत्रभित्र पुरुष मानिसको शव भेटिएको छ ।
आज असोज १४ गते अंदाजी १०ः२० बजेको समयमा रनबाँसको रुखको हाँगामा कपडाको डोरीको पासो लगाएको अवस्थामा करिव ४५–५० वर्षको जस्तो देखिने पुरुष मानिसको शव भेटिएको हो ।
सेतो सर्ट कालो कट्टु लगाएको, टाउकोमा कपाल नभएको, अनुहार सम्पुर्ण शडी गलेको अवस्थामाघाँस काट्न गएको मानिसले देखेपछि प्रहरीमा सुचना दिएको थियो ।
मृतक लाशको लाश÷जांच मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्ट मार्टम कार्यको लागि मृतक शव कोशी अस्पताल विराटनगर मोरङमा लगी शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।
मृतकका आफन्तहरु हाल सम्म कोही पनि सम्पर्कमा नआएकोले हराएका मानिसका आफन्तले इप्रका पथरीको ९८५२०२७४६९ मा सम्पर्क गर्न लगाई दिन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया