काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले वेस्ट इन्डिजविरुद्धको त्रिदिवसीय युनिटी कप सिरिज मा ऐतिहासिक विजय हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खेलमैदानमै पुगेर बधाई तथा सम्मान गरेका छन् ।
नेपालले दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज टिमलाई लगातार दुई खेलमा पराजित गर्दै सिरिज उपाधि आफ्नो पक्षमा पारेको थियो ।
यस ऐतिहासिक क्षणमा डा. शर्माले म्यान अफ द म्याच असिफ शेखलाई पुरस्कार हस्तान्तरण गर्दै सम्पूर्ण टिमको साहस, समर्पण र ऐतिहासिक प्रदर्शनको प्रशंसा गरे ।
“क्रिकेट खेलको क्षेत्रमा नेपालले नयाँ उचाइ प्राप्त गरेकोमा म गर्ववान्मित छु। यसले मुलुकको छवि र गौरवलाई विश्वभर उजागर गरेको छ ।”
सामान्यतया यस्ता ऐतिहासिक खेलहरूमा प्रधानमन्त्री ,खेलमन्त्री वा आयोजक प्रमुखद्वारा पुरस्कार हस्तान्तरण गर्ने चलन रहँदै आएको भए पनि यसपटक नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी, अधिकारी तथा दर्शकहरूको उत्साहपूर्ण उपस्थितिमा नेपाली टिमलाई विशेष सम्मान गरिएको थियो ।
डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन् । उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन् । गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन् ।
उनका यी मानवीय योगदानहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई अझ सशक्त बनाएको छ ।
उनले हालै भदौ २३ र २४गते भएको जेन्जी आन्दोलनमा घाइते भएका सबैको नोबेल मेडिकल कलेज – साथै काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार गरेका हुन्, उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् ।
यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ ।

तपाईको प्रतिक्रिया