पथरी । स्थानिय निर्वाचन २०७९ पथरीशनिश्चरेको परिणमा आउन थालेको छ । आएको परिणाम अनुसार नेकपा एमालेले पार्टीको मेयर र उपमेयरका उम्मेद्धवारहरुले आफनो अग्रता बढाएका हो । प्रतिस्पर्धी नेपाली कांग्रेसलाई उछिन्दै अहिले शिर्ष स्थानमा उक्लिएको छ ।
नेकपा एमालेको उम्मेद्धवार मोहन तुम्बापोले हालसम्मा ९ हजार ९ सय २९ मत ल्याएर अगडी छन भने उपमेयर पद्को उम्मेद्धवार देवीमाया काफलेले ९ हजार ७ मत ल्याएकी छिन ।
नेपाली कांग्रेसको तर्फबाट मेयर पद्को उम्मेद्धवार नगेन्द्र लिम्बुले ८ हजार ६ सय २४ मत प्राप्त गरेका छनभने उपमेयर पद्का उम्मेद्धवार कबिता पराजुलीले ८ हजार ८ सय ९३ मत पाएर दोस्रो स्थानमा छ ।
मेयर तुम्वापोको १ हजार ३ सय ५ मत बढी छ भने उपमेयरमा एमालेको देवीमायाले १ सय १४ मतले अग्रता कायम गरेका छन । वडा नम्बर १ देखी ७ सम्मा कबिता पराजुलीले थोरै संङख्यामा लिड गरे पनि वडा नम्बर ८ मत गणना सुरु गरेपछि देवीमायाले कबितालाई पुन लिड गर्न सुरु गरेको हो । अव वडा नम्बर ९ को गनि रहेको छ भने १० पनि गणना सुरु हुने यो समाचार तयारी पार्दा सम्माको अपडेट छ

तपाईको प्रतिक्रिया