
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ४ शान्ति चौक मोरङमा रहेको ग्रेट ग्रेस इङ्लिस एकेडेमीलाई सफल नेतृत्व दिँदै आउनु भएकी गीता लिम्बूले विद्यालयलाई दैनिक १० घण्टा समय दिनुहुन्छ ।
आफैले धेरै समय विद्यालयलाई दिँदा सामन्य समस्या देखी ठुला समस्या समाधान गर्न सहजता हुने अनुभवका कारण विद्यालयलाई धेरै समय दिँदै आउनु भएको हो ।
२०६३ सालमा स्थापना भएको यस विद्यालयमा अहिले दुई सय ५० जना हाराहारी विद्यार्थीहरू अध्यान गर्छन् । मन्टेश्वरी कक्षा देखी ८ कक्षासम्म सञ्चालनमा रहेको यस विद्यालयले १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति अन्य ४५ जनाले पनि छात्रवृत्ति पाएका छन् ।
विद्यालयका संस्थापक÷निर्देशक टिकाराम श्रेष्ठको दूर घटनामा निधन भएपछि विद्यालयको सम्पूर्ण जिम्मेवारी गीताको काँधमा आइपरेको थियो ।
टिकाराम श्रेष्ठ र गीता लिम्बूको अन्तरजातीय मागी विवाह हो । २०६७ सालमा विवाह भएको श्रेष्ठ लिम्बू दम्पतीको १ छोरा १ छोरी छ ।

गीता लिम्बू श्रेष्ठ भन्नुहुन्छ, म सिक्दै छु, सिक्ने क्रममा छु । सिक्दै काम गर्दैछु । यस विद्यालयमा अहिले पडाइसँगै सङ्गीत, चित्रकला, नाटक, नृत्य र तेक्वान्दो प्रशिक्षण सञ्चालन हुन्छ । विद्यार्थीलाई बोर्ड र डिजिटल (प्रोजेक्टर) दुवै प्रणाली अपनाएर सिकाउने काम भइरहेको सञ्चालक गीता लिम्बूले जानकारी दिनु भयो ।
सुविधा सम्पन्न ढङ्गबाट विद्यालय सञ्चालन गर्न गाउँ समाज आफन्तबाट माया सद्भाव पाएको अनुभव वहाँले सुनाउनु भएको थियो ।
विद्यालयमा १८ जना शिक्षक कर्मचारी कार्यरत हुनुहुन्छ ।
विद्यालयबाट पास आउट भएर गएको विद्यार्थीले माथिल्लो कक्षामा राम्रो रिजल्ट ल्याएर पास गरेको खबरले आफूलाई हर्षित तुल्याउने गरेको गीता बताउनुहुन्छ ।
श्रीमान् टिकाराम श्रेष्ठ दयालु स्वभावको भएको हुनाले आफू त्यहीबाट प्रभावित भएर काम गरिरहेको वहाँको भनाई छ ।
ग्रेट ग्रेस इङ्लिस एकेडेमीले स्वा. टिकाराम श्रेष्ठको स्मृतिमा वार्षिक रूपमा विगत ४ वर्ष देखी आधारभूत तहको अन्तर विद्यालय स्तरीय सुन्दर हस्तलेखन प्रतियोगिता सञ्चालन गरिरहेको छ ।





