
पथरी । इरानको प्रतिष्ठित कम्पनी फरसाइट अफसियर ड्रिलिङ रिगमा १३ वर्षसम्म काम गरेर फर्किनु भएका विरेन सम्बा लिम्बू हाल आफ्नो व्यवसायमा रमाएर काम गरिरहनु भएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा बसोबास गर्नु हुने साम्बाले वैदेशिक रोजगारीको राम्रो कमाई छाडेर अहिले आफ्नो पेसा व्यवसाय मज्जाले चलाएर बस्नु भएको हो ।
इरानमा रहँदा हाइड्रो लिक क्रेन ड्रिलिङको मेकानिकल भएर १३ वर्ष काम गर्दा निकै राम्रो कमाई गर्नु भएको थियो । त्यो कम्पनीले तेलको कच्चा पदार्थ ड्रिलिङ गरेर निकाल्ने काम गर्थ्यो ।
मिहेनत प्रति विश्वास गर्नुहुने वहाँ सन २००३ मा पहिलो पटक वैदेशिक रोजगारीको लागि कतार जानु भएको थियो । सन २००५ मा नेपाल आएर पुनः रोजगारीको लागि इरान जानुभएका साम्बा सन २०१७ सम्मा त्यही बसेर काम गर्नु भयो । इरानको सुन्दर कमाइलाई छाडेर नेपाल आई आफै व्यवसाय सुरु गरेर बस्नु राम्रो पक्ष हो ।
इरान प्रवेश गर्दा सुरुवाती तलब तिन लाख ५० हजार रुपैयाँ मासिक तलब दिन्थ्यो । २०१७ मा पाँच लाख सम्माको कमाई हुने गरेको वहाँको भनाइ रहेको छ ।
पथरी शनिश्चरे नगरपालिका २ देवीगञ्जमा चिनारी बोडिङ स्कुल २०६७ सालमा वहाँसहित १८ जना मिलेर गाउँ विकास गर्ने उदेश्यले स्थापना गर्नु भएको थियो ।
अहिले साम्बा सहित सोम नेपाल र तीर्थ खतिवडा साझेदारी लगानीमा यो विद्यालय कक्षा ८ सम्म सञ्चालित अवस्थामा छ ।

स्कुलमा ३ करोड बढी लगानी भइसकेको वहाँ बताउनुहुन्छ । वहाँले करिब ५ करोड बढी लगानी गरेर चिनारी टेडर्स (हार्डवेयर) संचालन गर्नु भएको छ ।
घरजग्गा कारोबारमा पनि लगानी गर्नु भएको छ । व्यवसाय राम्रो सञ्चालन भए पनि कुनै समय उधारो गएको समानको पैसा नदिँदा आफूलाई नमज्जा लाग्ने गरेको तितो अनुभव सुनाउनु हुन्छ ।
२०३७ असार ७ गते बाँझो ८ बुकुवा इलाममा जन्मनु भएका साम्बा २०४८ सालबाट पथरी शनिश्चरे २ मोरङ बसोबास गर्नु भएको थियो ।
प्रारम्भिक शिक्षा भृकुटी प्राथमिक विद्यालय दमक ३ भाङ बारी झापामा कक्षा ४ सम्मा भयो, भने कक्षा ५ देखी प्लसटुसम्मा पञ्चायत मावि पथरी शनिश्चरे १ मा भयो ।
सानै देखी फुटबल खेल औधी मन पराउनु हुने साम्बा देविगञ्ज एफसीको संस्थापक हुनुहुन्छ । यो क्लवले गत साल नगर खेलकुद विकास समितिले आयोजना गरेको फुटबल बिधा तर्फको फाइनल उठाएको थियो ।
२०६४ सालमा झापा डुडामारीकी जोना लिम्बूसंग मागी बिवाह गर्नु भएका साम्बाको १ छोरा छ ।
नेपाली कथानक चलचित्र “पूरानो बुलेट” मा लगानी गर्नु भएका साम्बालाई मुख्यतय अहिले शैक्षिक योग्यता बढाउने रहर जागेको छ ।
आउने वर्षदेखी ब्याचलर जइन्ट गर्ने तयारी रहेको वहाँले बताउनु भयो ।
अन्त्यमा वहाँलाई ब्यापारीक क्रममा ब्यावहारले चेप्टाउदा फेरी वैदेशिक रोजगारीमा रहँदा कमाइ गरेको तिर्सना आउँछ की ? भनि प्रश्न गर्दा ब्यापार प्रति सन्तुष्ट छु भनेर प्रतिक्रिया दिनु भयो ।





