पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १० का वर्ष ४९ का चक्र बहादुर बिक आर्थिक अभावका कारण उपचार नपाएर ओच्छयानमा थलिएर बसेका छन् ।
२०७६ सालबाट मिर्गौला सम्बन्धी रोग लागेका कारण भएको सम्पत्ति उपचारमा सक्किएको र अब खर्च अभाव भएकोले गर्दा ओच्छयानमा थलिएर बसेका हुन ।
१ छोरी १ छोराका बाबु चक्रबहादुर केही हप्ता अगाडीसम्म सफारी चलाएर परिवारको जिबिको चलाउँदै आएकोमा अहिले आफै थलिएपछि परिवार चलाउन र उपचार गर्न थप सङ्कट उत्पन्न भएको भाइ मान दियालीले जानकारी दिनु भयो ।
भएको केही पथरी शनिश्चरे १० बस्ने वर्ष ४८ का चक्र बहादुर बिक. मिर्गौला सम्बन्धी रोगले ग्रस्त हुनुहुन्छ ।
उपचारको लागि पहल भइरहे पनि सामन्य धरौटी राख्ने समेत नभएको हुँदा घरमा नै थलिएर बस्नु पर्ने बाध्यता आइ परेको परिवारको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया