पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ५ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्धवार उमानाथ अधिकारीले अग्रता लिएका छन । अधिकारीले ८ सय १७ मत पाएर पहिलो स्थानमा छन भने स्वतन्त्र उम्मेद्धवार महेश खडकाले ७ सय ५० मत पाएर दोस्रो स्थानमा छन । नेपाली कांग्रेसका चेतेन्द्र खडकाले ७ सय ४२ मत ल्याएर तेस्रो स्थानमा छन । लालटिन चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उठेका महेश थापा नेपाली कांग्रेसका बागी उम्मेद्धवार हुन । स्वतन्त्र उम्मेद्धवार खड्का र एमाले उम्मेद्धवार अधिकारी बिच ६७ मतको मतान्तरण छ । गत स्थानिय निर्वाचन २०७४ मा नेपाली कांग्रेसका उम्मेद्धवार जोगबहादुर धिमालले जितेको थिए भने यस पटक धिमाल सहित २६३ जना नेपाली कांग्रेसका क्रियासिल सदस्य मध्ये २१३ जनाले स्वतन्त्र उम्मेवार महेश बस्नेतलाई सघाएका थिए ।
वडा अध्यक्ष पद्को टिकट वितरणमा असन्तुष्ट रहेका उनिहरुका कारण नेपाली कांगे्रस पार्टीको पथरीशनिश्चरे नगरको मेयर र उपमेयर पद्का उम्मेद्धवारलाई समेत धक्का लगेको छ । २ हजार ९ सय ९१ मत खसेको यस वडमा २ हजार ६ सय ६० मत गणना भई सकेको छ भने ३ सय ३१ मत गन्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया