
फुलको वासना वरिपरि ।
मान्छेको वासना डाँडापारि ।
पथरी । वैदेशिक रोजगारीमा रहेर पनि आफ्नो जन्मभूमि र समाजप्रति निरन्तर समर्पित व्यक्तित्वका रूपमा मोरङको पथरी शनिश्चरे निवासी रबिन दाहाल समाजसेवामा उदाहरणीय नाम बन्दै गएको छ ।
साबिक पथरी गाविसका पूर्व उपाध्यक्ष पोम प्रसाद दाहालका सुपुत्र रबिन दाहाल सन २०१५ देखि अमेरिका बसोबास गर्दै आइरहनु भएको छ । भौगोलिक दूरी टाढा भए पनि वहाँको मन सधैँ नेपालको पूर्वी भूभाग, मोरङ–पथरी क्षेत्रमै केन्द्रित भएको देखिन्छ ।
सहयोगी मनका धनी रबिन सामाजिक सहयोगमा मात्र होइन सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ । दाहाल दैनिक रूपमा सकारात्मक सन्देशहरू फेसबुकमार्फत साझा गर्दै आउनु भएको छ । सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको माध्यम नभई समाज सेवा र प्रेरणाको प्लेटफर्मका रूपमा प्रयोग गर्नु वहाँको विशेषता हो ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्ने रबिन दाहालले खेलकुद प्रवद्र्धन, शैक्षिक विकास, धार्मिक तथा सांस्कृतिक संरक्षणमा निरन्तर सहयोग गर्दै आउनु भएको छ । असहाय, गरिब र दुःखीहरूको पीडामा सकेसम्म साथ दिनुपर्छ भन्ने मान्यताले वहाँलाई समाजसेवामा अझ सक्रिय बनाएको छ ।
वहाँले हालसम्म अमेरिकाबाट विभिन्न सामाजिक, धार्मिक र शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गर्नु भएको छ ।
पथरी शनिश्चरे वडा नं. २ सुन्झोडामा मलामी बस्ने सात घर निर्माणका लागि एक लाख पचास हजार,
सरस्वती आधारभूत विद्यालयको गेट निर्माणका लागि एक लाख रुपैयाँ,
पथरी शनिश्चरे वडा नं २ मा रहेको लक्ष्मी नारायण मन्दिर निर्माणका लागि दुई लाख
श्री जनता माध्यमिक विद्यालय, पथरी शनिश्चरे वडा नं ३ मा विद्यार्थीहरूका लागि खेल सामग्री खरिद गर्न एक लाख ५० हजार सहयोग गर्नु भएको छ ।
अन्य २५ हजार भन्दा साना सहयोग रकम असङ्ख्य छ । रबिन दाहालको यो निरन्तर समाजसेवाले विदेशमा रहेर पनि आफ्नो गाउँ–समाजको साना निता विकासका काममा हातेमालो गर्न सम्भव छ भन्ने सन्देश प्रवाह गरेको छ ।





