पथरी । नेपाली रंगमञ्चका चर्चित ब्याक्ती कलाकार तथा जीवन बराल र कलाकार सुमन कुइकेलको दम्पतीले ग्रमिण भेगमा नाटक हेर्ने दर्शक बढाइ रहनु भएको छ भने नाटक खेल्ने कलाकार जन्माइरहनु भएको छ ।
राजधानी काठमाण्डौंलाई छाडेर जन्मनगरी पथरी शनिश्चरेलाई केन्द्र बनाउदै नाटकको काममा निरन्तर लागिरहनु भएको छ ।
२०५२ सालबाट निरन्तर नाटकको काममा लागिरहनु भएका जीवन बराल नेपाली रंगमञ्चको चर्चित नाम हो । जसले जारी २, मनसरा, बलिदान, बोक्सीको घर, प्रेमगित ३ निरफुल, महानगर जस्ता नेपालका बहुचर्चित नेपाली कथानक चलचित्र खेलेर दर्शकको मन जितीसक्नु भएको छ ।
हेत्चाकुप्पा, सिबियू चरा, थारु कल्चर, छाउपडी प्रथा जस्ता २ सय बढी नेपाली नाटक खेली सक्नु भएका जीवनको जीवनले बिभिन्न रेडियो नाटकमा आफ्नो दमदार भूमिका देखाएर स्थापित हुनु भएका कलाकार तथा निर्देशक हुनुहुन्छ ।


२ छोरा काब्य र सर्जक आमा र बाबुसहित पथरी शनिश्चरे नगरपालिका २ स्वागत टोलमा वहाँहरु बस्नुहुन्छ ।
जीवनले प्रगतिसिल साप्ताहिक मञ्चबाट नाट्य अभिनय क्षेत्रमा प्रवेश गरेको बताउनु हुन्छ ।
लालिगुराँस सामुदायिक विकास केन्द्र, वौद्धिक तथा खेलकुद विकास समितिले साहित्य कार्यक्रम आयोजना गर्ने कार्यक्रमले जीवन बरालको नाट्य यात्राको बाटो फराकिलो बन्दै लग्यो ।
सुरुवाती ताका मेनुका कुलुङ, लिला राई, मुना खनाल, सरोज तिम्सिना, रुपेश तिम्सिना, भोला तिम्सिना, अर्जुन खतिवडा, लक्ष्मी खतिवडा, प्रकाश दाहाल, मात्रिका अधिकारी नाटकका सहयात्री हुन ।
६० को दशकमा श्री अन्तु पिक्चर्सले चोलुङ÷चोत्लुङ नाटक गरिरहँदा जीवन र सुमन विच बिवाह भएको थियो । प्रकाश आङदेम्बे, कला संग्रौला, विरु स्वामी, सिता चौलागाई, टंक टाइगर, सुवास खरेल, सरोज तिम्सिना, लक्ष्मी खतिवडा सहितको उपस्थितीमा गन्तब्य थिएटर दमकमा जीवन र सुमनको बिवाह भयो ।


२०६५ मा काठमाण्डौं छिरेका यो दम्पतीले मेरी बास्सै, हिजो आजका कुरा, किलो टांगो, कथैकथाको यो संसार, एउटै आँगन, जीवनचक्र, थोरै भए पुगिसरी, सिंहदरबार २ मा अभिनयको यात्रा झनै फराकिलो बन्यो ।
सिल्पी थिएटरबाट धेरै कुरा सिकेपछि अहिले आफ्नै नगरका ४ वटा विद्यालयमा अनुबन्धीत भएर नाटक कक्षा संचालन गरिरहनु भएको छ ।
कोरोना महामारी देखी पथरी शनिश्चरे आएपछि “देउराली रुन्छ र चरणदास चोर” जस्ता चर्चित नाटक हप्तौं प्रदर्शन भयो । दुबै नाटक जीवन बरालले निर्देशन गर्नु भएको हो भने सुमन कुइकेलको मुख्य भूमिका छ ।

तपाईको प्रतिक्रिया