
पथरी । ईलाका प्रहरी कार्यलय मातहतमा रहेर स्थानिय निर्वाचनको सुरक्षामा खटिएका म्यादी प्रहरीहरुलाई बिदाई गरेको छ । इलाका प्रहरी कार्यलय पथरीले प्रमाण पत्र प्रदान गर्दै उज्वल भबिस्यको शुभकामना सहित बिदाई गरेको हो । शनिवार इलाका प्रहरी कार्यलय परिसरमा एक कार्यक्रमको आयोजना गरि ईलाका प्रहरी कार्यालय पथरी प्रमुख प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले बिदाई गरेका थिए । बिदाई हुने म्यादी प्रहरीलाई स्थानिय तह निर्वाचन २०७९ लाई शान्तपूर्ण वातावरणमा सम्पन्न गराउन विशेष भुमिका निर्वाह गरेकोमा सम्पूर्ण म्यादी प्रहरीहरूलाई धन्यवाद दिदै बिदाई गरेका थिए ।
तस्वीर म्यादी प्रहरीलाई बिदाई कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै प्रनाउ गौतम.. इप्रका पथरीको फेसबुकबाट






