गोलबजार । सिरहा अर्नमा गाउँपालिका–१ महनौरकामा बाबु र छोराको हत्या भएको छ । बाबु६० वर्षका चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो ।
शनिबार राति सन्तकुमारको ११ जेठमा विवाह हुने तयारी थियो ।
राती करिब २ बजेको समयमा घरमा नै सुती रहेको अवस्थामा पाल बुबा र छोराका हत्या भएको प्रहरीको भनाई रहेको छ । उनिहरुको हत्या धारिलो हतियार प्रयोग गरेका हुन सक्ने प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने जानकारी दिएका छन । तत्काल घटनाकाबारेमा केही बताउन सकिँदैन,’ उनले भने । प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ । फोटो पुर्बेन्यूज

 

तपाईको प्रतिक्रिया