
पथरी । बिद्युत बिस्तारमा काम गर्ने मजदुर सडक दुरघटनामा परि ढाँडको मेरुमण्द भाचिएर गम्भीर घाइते अवस्थामा रहेका ३९ वर्षका जीतबहादुर श्रेष्ठलाई उपचार रकम हस्तानतरण गरिएको छ । बैदेशिक रोजगारीको लागी कोरियामा रहेका नेपाली युवाहरुले संकलन गरि नगद ९४ हजार रुपैयाँ पठाएको रकम हस्तानतरण गरिएको हो । स्थानिय जनप्रतिनिधी कासीहाङ राईको उपस्थितीमा पथरीशनिश्चरे ३ किरातीचौक निवासी श्रेष्ठको बैसाख १२ गते राती दुरघटनामा परेका थिए । ८ गते राती फियूजको समस्या भएर अबेरसम्मा काम गरिसकेर साथीलाई शनिश्चरे घरमा पुर्याई आफु किरातचौक आउने क्रममा सडक दुरघटनामा परेका थिए । मोटरसाइकलमा सवार श्रेष्ठ दुरघटनामा परेको स्थानियबासीले राती थाहा नपाएपछि ९ गते बिहान करिब ४ बजेको समयमा मात्रै उद्धार गरि उपचारको लागी पठाएको आफन्तले बताएको छ । घाइते श्रेष्ठको १ श्रीमती र २ छोरा छन । तस्वीर कासीहाङ राईको फेसबुकबाट






