
पथरी । स्थानिय निर्वाचन २०७९ बाट निर्वाचित भएर आएका जनप्रतिनिधीलाई १६ लाखको घुम्ने कुर्सीसहितको नयाँ फर्निचरको समान खरिद प्रकरणले सतही रुप लिएको छ । निर्वाचित मेयर उपमेयर सहितको जनप्रतिनिधीहरुलाई सुबिधा सम्पन्न कुर्सी टेबल टिटेवल सोफासेट खरिद प्रकरणले नगरबासीले सामाजिक सञ्जाल फेसबुकमा बिरोधको स्वर खपिदै गए पछि सतही रुप लिएको हो ।
स्थानिय एक अनलाइन समाचारमा खरिद गरिएको फर्निचरको विषयमा समाचार प्रकाशन भए पछि नगरबासीहरुले बिरोध गर्दै आज सो विषयमा नगरपालिका कार्यालयमा भेलाई भइ जानकारी माग्ने भन्दै केही स्थानिय युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन । संचारकर्मी अर्जुन जम्नेली राईको अनुसार कुरा १६ लाखका मात्र नभई भ्याट सहित १८ लाख १४ हजार सात सहित २३ रुपैयाँको फर्निचर खरिद गरिएको उल्लेख गरेका छन । कुर्सी लगायत फर्निचर खरिद प्रकरणमा नेकपा एमाले पार्टीका नेता कार्यकर्ताले हारको स्वीकार गर्न नसकेको र बिपक्षीले स्थानिय सरकारलाई फेल गराउन लागी परेको लेख्छन ।
यस्तै पूर्व जनप्रतिनिधी पथरीशनिश्चरे नगरपालिका वडा न ४ का वडा अध्यक्ष गोविन्द भण्डारीले आफुहरुको पालामा कार्यालय सञ्चालन भएको ६ महिनामा मात्रै फर्निचरका सामान आएको र वडा अध्यक्षहरुलाई १ वर्ष पछाडी मात्रै सवारी साधन आएको लेखेका छन ।
नया फर्निचरको विषयमा नव निर्वाचित जनप्रतिनिधीले मौन बसेको देखिन्छ ।






