पथरी । नेपाली कांग्रेस पार्टीको चुनाव चिन्हबाट माओबादी केन्द्रका उम्मेद्धवारले विजयी बने । भोजपुरको बैकुण्ठे ८ घोर्लेनीमा जन्मेका टंक पराजुली पथरीशनिश्चरेका स्थाई बासिन्दा हुन । २०५६ सालदेखीको तत्कालिन जनयुद्धरत नेकपा (माओबादी) पार्टीमा संगठित भएर लागेका पराजुली स्थानिय २०७९ को निर्वाचनबाट नेकपा माओबादी केन्द्रका पथरीशनिश्चरेबाठ निर्वाचित हुने एक्ला उम्मेद्धवार हुन ।
बैसाख १२ गते निर्वाचन अधिकृतको कार्यालयमा नोमिनेसन दर्ता गर्नु पर्ने थियो । माओबादी केन्द्रले पथरीशनिश्चरे नगर पालिकामा मेयर सहित वडा अध्यक्ष सदस्य लगायतको पदमा उम्मेद्धवारी दिएको थियो । तर कसैले पनि जित निकाल्न सकेनन् । माओबादीले वडा नम्बर ३ मा भने पराजुलीलाई सदस्य पदमा उम्मेद्धवारीको टिकट पाए । नेपाली कांग्रेससंग चुनाबि गठबन्धन भए पनि सिङगो टिम नभएको हुदा गाह्रो भएको पराजुलीले सुनाए । चुनाव जित्ने अवस्था नभएपछि उनले आफनो पार्टीको चुनाव चिन्ह छाडेर गठबन्धन भएको पार्टी नेपाली कंग्रेसको चुनाव चिन्ह रुख लिएर जाने लिखित निर्णय गर्दै वडा सदस्य पद्मा चुनाव लडे । नेपाली काँग्रेस पार्टीबाट वडा अध्यक्ष पद्मा विजय लिम्बु सहित ५ जनाको नाममा नोमिनेसन दर्ता भयो । लिम्बुको टिममा अटाए माओबादीका उम्मेद्धवार पराजुली पनि । निर्वाचन सम्पन्न भयो । मत गणना सुरु भएपछि विजय लिम्बु सहितको टिम नै निर्वाचत हुदा तिनै माओबादी पार्टीका उम्मेद्धवार पराजुली पनि १३९२ मत ल्याएर विजयी भए । चुनाव चिन्ह रुखबाट निर्वाचित भएपछि उनलाई निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित वडा सदस्यताको प्रमाणपत्र नेपाली काँगेसकै विजयी उम्मेद्धवारको रुपमा प्रदान भयो । विजय जुलुस निकाल्ने तयारी हुदा केही कांग्रसीले कांग्रेसकै झण्डाबाट विजय जुलुसमा निस्कन सुझाव दिन भियाए । तर उनले माओबादी पार्टीको गोलाकार भित्रको हसिया हथौडा चुनाव चिन्ह सहितको झण्डा लिएर विजयी जुलुसमा सहभागी भएको सुनाए । चुनाव त जसोतसो जिते । माओबादी पार्टीको नेताहरु प्रेम ढकाल बाहेक कसैले पनि शुभकामना नदिएको अमिलो मनले सुनाए । म त माओबादी नै हो । अर्को पार्टीको परिकल्पना समेत नरहेको सुनाए । २ छोराहरु र एक छोरी रहेको सुनाउदै हाल आएर श्रीमतीसंग पथरीशनिश्चरे ७ सुन्दरीचौकमा बस्ने गरेको बताए । अवको ५ वर्ष कुनै जनताको सेवा गर्न दैनिक कम्तीमा ३ तिन घण्टा समय जनताको सेवामा खटिने बतए । मान दियालीको सहयोगमा

तपाईको प्रतिक्रिया