
पथरी । पथरीशनिश्चरे १ साकेलाथानमा मोरङको उभौली साकेला आज समापन हुदैछ । सदा द्धवादशि तिथीमा समापन हुदै आएको साकेला कार्यक्रम यस पटक भने त्रियाद्धशीको दिन समापन हुन लागेको हो । किरात राई जातीको महान चाड रहेको साकेलामा बिविध कार्यक्रम बिच समापन हुन लागेको छ । किरात राई यायोक्खा नगर कार्य समिति पथरीशनिश्चरेले प्रतियोगितात्मक रुपमा आयोजना गर्ने गरेको थियो । प्रतियोयोगितात्मक कार्यक्रममा पूर्ब भरिको साकेला टिम भेला भएर सिली प्रर्दशन गर्दै आफनो उपस्थिी जनाउछन । बिभिन्न स्थानमा बसोबास गर्ने राई समुदायले कुखुराको भाले चढाउने गरेका छन । भाले चढाए बापत मनोकाङक्षा पूरा हुने बिश्वास गरिन्छ ।






