
पथरी । जिल्ला समन्वय समिति मोरङको प्रमुख पद्को लागी अजम्बर राई उपप्रमुखमा उषा झा ठाकुरलाई नेकपा एमले पार्टीले उम्मेद्धवार बनाएको छ ।
शुक्रवार बसेको उत्त पार्टीको बैठकले सुन्दरहरैचा नगरपालिका निवासी राई र रंगेली नगरपालिका बस्ने ठाकुरलाई उम्मेद्धवार बनाएको हो ।
जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको एकल बहुमत छ । दुवै जना स्वत निर्वाचित हुनेछन् । १७ वटा पालिका रहेको मोरङका ३४ प्रमुख उपप्रमुख मतदाता छन् ।
नेकपा एमालेबाट मात्रै २१ जना प्रमुख उपप्रमुख छन् । बहुमतका लागि १८ मत आवश्यक पर्छ । नेपाली कांग्रेसबाट १२ प्रमुख उपप्रमुख र माओवादी केन्द्रका एक जना उपप्रमुख छन् ।





