पथरी । पथरीशनिश्चरेमा २ स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाले आफना शेयर सदस्य स्थानिय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । पथरीशनिश्चरे नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नैना राई र वडा सदस्य चन्द्रकुमार राई, वडा नं. ३ का वडा अध्यक्ष विजय लिम्बू, वडा नं. ४ का वडा सदस्य भक्तबहादुर राउत, वडा नं. ६ का वडा सदस्य उज्वलता बयलकोटी र वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत र वडा सदस्य मनिकुमार लिम्बूलाई संस्थाले सम्मानित गरेको हो । सम्मानित व्यक्तित्वहरुलाई संस्थाका अध्यक्ष धनराज राईसहित प्रमुख सल्लाहकार दिलबहादुर तामाङ पूर्व अध्यक्ष हर्क राई लगायत संस्थाका अगुवाहरु भेला सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया