पथरी । बेलबारी १० भाउन्नेमा दुरघटना हुदा दुई जना युवाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल दुरघटना हुदा सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।
शनिवार राती दुरघटनामा परि घाइते भएको थियो उनिहरुको उपचारको लागी विराटनगरको विराट नर्सिङ होम लगेर गपचार गर्दै गर्दा मृत्यू भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
पूर्वतर्फ गुडिरहेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुन सवारी साधनमा मोटरसाइकल ठोक्किएरको विषयमा अनुसन्धान भई रहेको प्रहरीको भनाई रहेको । हाल बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया