डिके चाम्लीङ
लेटाङ । सुपाडीको पात सडिएर जाने बस्तु हो । त्यही पातलाई सदुपयोग गर्न लेटाङका ७ जना युवाहरु मिलेर नयाँ कामको थालनी गरे । नयाँ कामको थालनी भएसंगै सबैलार्ई आत्मा निर्भर बन्न प्रेरित गरिरहेको छ । कोरोनाले विश्व महामारीको रुपमा फैलिएर लकडाउन रहेको अवस्थामा स्थानिय युवाहरु विजयकृष्ण देवकोटा, युवराज खतिवडा, खड्ग लिम्बु, जसबहादुर राई, लोकनाथ तिम्सीना, अनिस सुवेदी र रोशन पौडेलले नयाँ कामको थालनी गरे । सुपाडीको पातको दुना टपरी बनाउने । यसको लागी लगानी चाहियो । सबैले दामासाही रुपमा रकमको जोहो गरे । एक आपसको यजना मेल खायो र नाम जुर्‍यो लिप्स लेटाङ इन्टरप्राइजेज । कम्पनी त बनाए, तर मेसिन चाहियो । मेसिनको लागी युट्यव सर्च गरी भारतको चेन्नईबाट मगाए । करिब १५ लाख रुपैयाँ लागत पर्ने कोठे टपरा, साधा टपरा, दुना लगायत ५ आइटम बनाउने ५ वटा मेसिन डिमाण्ड गरे । लगानीकर्ता मध्येकै खडग लिम्बुको २ कठठा जग्गा वार्षिक ३० हजार रुपैयाँ भाडामा सम्झौता गरि भौतिक पूर्वाधार बनाए । भौतिक पूर्वाधार बनाउन करिब १५ लागेको बताउछन । यसरी सुरु भयो कम्पनीको यात्रा । मेसिन सञ्चालनमा आएको आज ५ महिनाको हाराहारीमा छ ।


कम्पनी चलाउन विजयकृष्णा देवकोटालाई अध्यक्ष युवराज खतिवडा सचिव खड्ग लिम्बुलाई कोषाध्यक्षको जिम्मेवारी दिएर हाल कम्पनीको काम सानो नानी ताते गरेको शैलीमा हिडाई रहेका छन । लेटाङ विकास उन्मुख शहरको रुपमा रहेको छ । त्यही शहरभित्र एउटा नयाँ उद्योगको स्थापनाले लेटाङ शहरको शौन्र्दयता भर्ने काम पनि गरेको छ । कम्पनीका सचिव युवराज खतिवडाको अनुसार कच्चा पदार्थको रुपमा रहेको सुपाडीको पात पाउन मुस्कील पर्ने गरेको बताउछन ।
जाते, मधुमल्ला लगायतका स्थानिय ठाँउबाट कच्चा पदार्थ ल्याउदै आईरहेको बताउछन । कम्पनीले उत्पादन गरेको सामानहरुको बजार विस्तार गरेर जाने योजना रहको समितिका अध्यक्ष देवकोटाको भनाई रहेको छ । हाल दैनिक ५ सयको हाराहारीमा उत्पादन भई रहेको अध्यक्ष देवकोटाले बताए । गत स्थानिय निर्वाचनमा त दुना टपरा पुर्‍याउनु नै मुस्कील भएको अनुभव सुनाए । समितिका सचिव खतिवडा भन्छन् प्लास्टीक जन्य पदार्थ प्रयोग नगर्न सबैलाई सुझाव दिन्छन । प्लाष्टीकबाट बनेको टपरा प्रयोग गरिसके पश्चात फाल्दा नसडने र डढाउदा दुर्गन्ध आउने भएकोले वातावरणमैत्री नभएको बताउछन । यि लगानी गर्ने युवाहरु ६ जना शिक्षण पेशामा आवद्ध हुन । बिहान बेलुकाको समयमा सबै जना भेला भएर टपारा सफ गर्ने काममा तल्लीन हुन्छन ।
स्थलगत रिर्पाेटिङमा आधारमा

तपाईको प्रतिक्रिया