पथरी । पथरीशनिश्चरे वडा न. ७ का वडा अध्यक्ष पद्मा उद्धवराज बस्नेत निर्वाचित भएर आएका छन । हाल बिभिन्न तालिम गोष्ठीहरुमा सहभागी हुदै तथा कार्यभार सम्हालेपछि कार्यालयको काममा ब्यास्त छन । उद्धवराज बस्नेत भन्छन, विकास पहिलो काम र विकास गरिव तथा विकासमा पहँच नपुगेको ठाउबाट सुरु गर्ने बताए ।
पहिलो बजेटबाट मिर्मिरचौकको सागर नेम्वाङको घरबाट देखी सुरु गर्ने बताउदै वडा न. ७ र वडा नम्बर २ विचको सिमाना बाटोको गोहीहोली बहुबर्षिय पुलको कामबाट सुरु गर्ने बताए ।
सोमवार भएको भेटमा बस्नेतले असार १० गते हुने नगरसभाबाट बजेट बिनियोजन हुने बताउदै सौचालय नभएका र खानेपानीको लागी टयूवेल नभएकाहरु घरहरुका लागी डाटा संकलन गरिरहेको र त्यसैको काम सुरु गर्ने बताए ।
पराजित उम्मेद्धवारहरुको मतलाई पनि संम्मान गर्दै विकासको काममा सरसल्लाह र छलफल गर्ने बताए । एक अर्को प्रसंगमा अध्यक्ष बस्नेतले भने शिक्षा, स्वास्थ्य र कृषीलाई बिशेस प्राथामित दिएर अगाडी बढाउने बताए । कृषी क्षेत्रबाट उत्पादन भएको खाध्यन्न फलफुलका लागी बजार खोज्ने मुख्य भूमिका वडाले खाजि गरिदिने बताए । उत्पादन भएका बस्तुहरुलाई राखीराख्नको लागी चिस्यान केन्द्र आवश्यक रहेको र नगरसभामा पहिलो प्रस्तावकको रुपमा आफु नै अगाडी बढ्ने बताए ।
तपाईको वडामा सबैभन्दा ठुलो समस्या के हो भनी प्रश्न गर्दा दोहोरो स्वामित्व नै मुख्य समस्या रहेको बताउदै यसको लागी योजना बनाएर जग्गाहरुको बर्गिकरण गरेर क्षेत्र छुटयाउदै नम्बरी जग्गा, ऐलानी जग्गा र दोहोरो स्वामित्वमा रहेको जग्गा छुटयाएर माथिल्लो निकायमा समाधानको लागी पहल गर्ने बताए ।
कानुनी र ब्यावहारिक कुरा मिलेको खण्डमा दोहोरो स्वामित्वको पहिलो अधिकार भोगचलन गर्ने ब्यात्तीहरु नै पहिलो प्राथामिकतामा रहेको बताउदै सम्भव भएको खण्डमा समस्या रहेको जग्गाको पुर्जा बोकेर बसिरहनेकाले तिर्ने कर नलिन नगरसभा समक्ष राख्ने बताए ।
तस्वीस फेसबुकबाट स्रोत: कुराकानीमा आधारित रहेर






