पथरी । पथरीशनिश्चरे नगरमा लागुऔषध दुरब्यसनी बिरुद्ध अभियान सञ्चालन गर्नु पर्ने उदेश्य सहित ज्ञापनपत्र बुझाइएको छ ।
मंगलवार इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमलाई पथरीशनिश्चरे ७ का युवा अगुवा मोहन लिम्बु र वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष गोबिन्द भण्डारी सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
नगर क्षेत्रका युवाहरु लागुऔषध प्रयोग गर्नेको संङख्या बढदो रहेकोले यस कार्यक्रमको आयोजन गरिएको अभियान्ता मोहन लिम्बुले बताए । लागुऔषध प्रयोगकर्ता बढेको र समाज र प्रहरीले नियत्रण गर्न नसकेको खण्डमा स्थितीले भयबह रुप लिने लिम्बुको भनाई रहेको छ ।
ज्ञापनपत्र बुझदै डिएसपी गौतमले आफुले लागुऔषधको बिरद्धमा पथरीशनिश्चरे नगरको कार्यपालिकाको बैठकमा नै कार्यपत्र पेश गरेको बताउदै प्रत्येक टोलमा गएर कार्यक्रमको आयोजना गर्ने गर्ने उदेश्य रहेको बताए । प्रत्येक वडाका अध्यक्षहरुलाई जानकारी गराएको बताउदै अब आउने दिनमा कक्षा ८ भन्दा माथी अध्ययन गर्ने बिद्याथीहरुलाई कार्यक्रमको आयोजन जनचेतना फैलाउने उदेश्यले रहेको बताए ।
अबको दिनमा लागुऔषध दुरब्यसनीलाई सुधार्न समाजको उतिकै दायित्व रहेकोले प्रयोगकर्ता र खरिद बिक्री गर्नेको बिरुद्ध निरन्तर अप्रेसन चलाइने बताए ।

तपाईको प्रतिक्रिया