पथरी । पथरीशनिश्चरे नगरपालिका वडा २ ले विकास निर्माणको योजना छनौट गर्न छलफलको लागी सुचना जारी गरेको छ । वडा अध्यक्ष नैना राईले आफनो सामाजिक सञ्जाल फेसबुकबाट बस्ती विकास समिती गठन गर्न वडा बैठकको मिति जारी गरेको हो । जेष्ठ २८ गते दिउसो १२ बजे उपस्थित हुन अनुरोध गर्दै पथरीखोला देखी गुहे होली सम्मा बसोबास गर्नेहरु बिष्णुपान्चायन मन्दिरमा, गुहे होली देखी लाटी होलीसम्माको योजना छनौट गर्न संस्कृत विद्यालय देवीगञ्जमा भेला हुन सुचित गरेको छ ।
यस्तै लाटी होली देखी बोक्रे सडकसम्मा लक्ष्मीनारायण मन्दिर, बोक्रे सडक देखी सुनझोरा खोलासम्मा चैतारी सामुदायिक वन उपभोत्ता समुहको भवनमा भेला हुन अनुरोध गरेका छन । कालापानी कसेनी बासिन्दालाई कन्दरा क्लबमा भेला गर्ने जनाएको छ । तस्वीर नैना राईको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया