गोलबजार । सिरहा जिल्लाको गोलबजार नगरपालिका– ११ कार्यबाहक वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ ।

 

मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।
गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले बताइन ।
उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नेपाली माटोमा शहकारी, सुहाएको देख्छु !

इमान्दार पौरखीका भाग्य, उदाएको देख्छु !

युवालाई देशमै होस्,  दिगो रोजगारी भन्दै

शहर देखी गाउँ सम्म, पुंजी बढाएको देख्छु ।।

ऋण लीई मत्स्य पंक्षी, पशुपालन खेतीमा

दिनानुदीन खाद्यान्न संकट, भगाएको देख्छु।।

संकलन दैनिकी गर्दै, ब्यापारीको हितमा

मासिक ऋणमा ब्याज किस्ता, कटाएको देख्छु ।।

बिध्यार्थीलाई सहयोग छ,  रोगीलाई टेवा उत्सवमा

खुशी मृत्युमा श्रद्धा, सजाएको देख्छु ।।

न मालीक न दाश, सहकार्य स.भावना

गरिबी न्युनीकरणमा आशा, पलाएको देख्छु ।।

बार्षिक शहकारी सभा,  निती नियम राम्रा

बैंक भन्दा अझ ब्यवस्थित, बनाएको देख्छु ।।

शहकारी सुदृढ गर्न कर्मचारी सदस्यले

शहकारी तालिम गोष्ठी शिक्षा चाएको देख्छु ।।

होस गरौं है आजै !, मालिक आफैं नाफा आफ्नै

फेरि पनि कोही अज्ञानी, बैंक धाएको देख्छु ।।

✍️ २०७८-१२-१६

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी शनिश्चरे

तपाईको प्रतिक्रिया