पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १ को पंचायत मावि र वडा न. २ मा रहेको रेडस्टार माविका विद्यार्थीसंग फ्रान्सेली स्काउट टोलीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
एक आपसमा भाइचार सम्बन्ध बिस्तार गर्दै सांस्कृतिक पक्षलाई आदानप्रदान गरि स्काउटिङको अनुभवलाई साट्ने उद्देश्यका साथ फ्रन्सेली टोली २ वटा विद्यालयमा अध्यानरत विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हो ।
फ्रान्सबाट आएका चार सदस्यीय टोलीले पथरी शनिश्चरे वडा नं. २ स्थित रेडस्टार वोर्डिङ स्कुल र पञ्चायत माध्यमिक विद्यालयको भ्रमण गरेका थिए ।
कार्यक्रमको शुरुवातमा, पथरी शनिश्चरे नगरपालिकाका स्थानीय प्रमुख आयुक्त रोशन बुढाथोकी र रेडस्टारका प्रिन्सिपल टि. एन. तिम्सिना र पञ्चायत माविका सहायक प्रधानाध्यापक मोहन गौतमले विद्यालयको तर्फबाट टोलीलाई स्वागत गरे ।
विजय डाँगी, राजु तिम्सिना, वसन्त मादेन, सनम गजमेर, विवेक न्यौपाने दमक नगरपालिकाका स्थानीय प्रमुख आयुक्त साजन सहितको टोलीको उपस्थिती रह्यो ।

तपाईको प्रतिक्रिया