स्थानीय समुदायको अगुवाइमा निर्माण भएको पथरी बहुमुखी क्याम्पस
पथरी । पथरी बहुमुखी क्याम्पसको उमेर अहिले १७ वर्षको हुँदैछ । “त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त” पथरी बहुमुखी क्याम्पस स्थानीय समुदायको अगुवाइमा निर्माण भएको थियो ।
पथरी बहुमुखी क्याम्पस निर्माण गरेर संचालन गर्नु अग्रजहरुको लागि फलामको चिउरा चिउरा चपाउनु सरह थियो । पथरीमा क्याम्पसको आवश्यक्तालाई महसुष गरेर वर्तमान पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापो, सभाषदद्धय चण्डीप्रसाद राई...









