सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ६ स्थित हसन्दह बजारमा हिजो सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका कार्यालयले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रम हिजो माघ २७ गते सम्पन्न भएको हो । सार्वजानिक सुनुवाई कार्यक्रममा कृषि, खानेपानी, सडक, कुलो पैनी, शिक्षा, स्वास्थ्य लगायतको बिभिन्न विषयमा सारेकारवालहरुले प्रश्न गरेका थिए । नगरपालिकामा कार्यरत बिभिन्न शाखामा कार्यरत प्रमुख...

गोबिन्द कटुवालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन

गोबिन्द कटुवालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन
पथरी । हिजो सम्पन्न नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरे नगरको दोस्रो अधिवेशनले पुन गोबिन्द कटुवालको अध्यक्षतामा ४५ सदस्यीय समिति सर्वसहमत चयन गरेको छ । उपाध्यक्षमा रबिन्द्रकुमार राई, अनिता राई, सुमन वनेम लिम्बू, सचिवमा राजकुमार विश्वकर्मा, सहसचिवमा बर्षा भण्डारी (बिमाला), कोषाध्यक्ष ध्रुवकुमार बराइली सर्वसहमत चयन भए । नगर कमिटि सदस्यहरुमा प्रेम ढकाल, मदन पोख्रेल, मान दियाली, पदमबहादुर गुरुङ, ...

हिरकले एकै साथ सम्पन्न गर्यो वार्षिकोत्सव र अक्षय कोष पुरस्कार बितरण कार्यक्रम

हिरकले एकै साथ सम्पन्न गर्यो वार्षिकोत्सव र अक्षय कोष पुरस्कार बितरण कार्यक्रम
पथरी । पथरी शनिश्चरे –१० स्थित हिरक आधारभुत बिधालयले ३६ औ वार्षिकोत्सव तथा स्‍मृति अक्षय कोष पुरस्कार बितरण कार्यक्रम २०८१ सम्पन्न गरेको छ । सेजल एण्ड सिस्टर फाउण्डेसनको मुख्य आर्थिक सहयोग रहेको यस कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै आफुले आफ्नो घर भन्दा नि बिधालयको छाना धेरै लगाएको स्मरण गराउनुहुँदै बिधालय राम्रो बनाउन सबै पक्षको महत्वपूर्ण भूमिका रहन...

पूर्व विद्यार्थी र स्थानियको पहलमा विद्यालय पोशाक वितरण

पूर्व विद्यार्थी र स्थानियको पहलमा विद्यालय पोशाक वितरण
पथरी । पथरी शनिश्चरे २ बोक्रेचौकमा रहेको शरश्वती आधारभूत विद्यालयका ९४ जना विद्यार्थीलाई विद्यालय पोशाक ट्रय्कसुट वितरण गरिएको छ । पूर्व विद्यार्थी पथरी शनिश्चरे २ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका रविन दाहालले ६४ सेट, सोही स्थानका पन्कज बुढाथोकी हाल नेपाल सुरक्षा अध्यान अनुसन्धान केन्द्रका अफिसरको कार्यरत पंकज बुढाथोकी, स्थानिय समाज सेवी सरु बिक र सोही विद्यालयकी प्रधानाध्यापक अम्बीका गौतम...

पथरीमा खानेपानीको लागि ३८ करोडको योजना आयो

पथरीमा खानेपानीको लागि ३८ करोडको योजना आयो
पथरी । पथरी शनिश्चरे नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न संघिय सरकारबाट ३८ करोड रुपैयाँको लागतमा नयाँ योजना परेको छ । पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जयराम बिष्टका अनुसार सङ्घीय सरकारको खानेपानी मन्त्रालय सिफारिसमा अर्थ मन्त्रालयको लगानी र राष्ट्रिय योजना आयोगको स्वीकृतिमा ३८ करोडको योजना परेको हो । राष्ट्रिय गौरवको योजना अन्तरगत रहेको यस खानेपानी आयोजनाबाट ३ स्थानमा ३ ...

प्रशासनिक भवन निर्माण गर्न जग्गा प्राप्तीको ९० प्रतिशत काम सकियो

प्रशासनिक भवन निर्माण गर्न जग्गा प्राप्तीको ९० प्रतिशत काम सकियो
पथरी । पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माण स्थलको लागि जग्गा प्राप्तीको काम ९० प्रतिशत सकिएको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. १० मा रहेको हालको वडा कार्यालय संचालन भएको ठाँउ पश्चिम पट्टि जग्गा प्राप्तीको लागि ९० प्रतिशत काम सम्पन्न भई सकेको हो । साविक पथरी गाविस र शनिश्चरे गाबिसका प्रतिनिधि विच भएको सहमती र सम्झौता भएको ठाँउमा जग्गा प्राप्तीको काम सामन्य प्रशासन कार्याल, राष्ट्र...

तिम्सिना दम्पतीले शब्जी खेतीको अम्दानीबाट ३ छोरालाई डिग्री पढाउन सफल भए

तिम्सिना दम्पतीले शब्जी खेतीको अम्दानीबाट ३ छोरालाई डिग्री पढाउन सफल भए
विजय खम्बू जाँते । लेटाङ नगरपालिका ८ जाँते मोरङका एक किसान दम्पतीले शब्जी खेतीको आम्दानीबाट नै ३ छोराहरुलाई डिग्री पढाउन सफल भएका छन । वर्ष ६४ का बाबु सरोज र आमा तारादेवी तिम्सिनाले ३ छोराहरु टिएन तिम्सिना विज्ञान विषयमा, माइलो प्रतिन सोसोलोजीबाट र कान्छो दिपक तिम्सिनालाई कृषि विषयमा डिग्रीसम्माको अध्यान पूरा गराउन सफल भएका हुन । जेठो छोरा टिएन पथरी शनिश्चरे २ मा रहेको रेडस्टार बोर्डिङ स्कुल र...

सार्वजानिक स्थानमा निशुल्क धारा जडान

सार्वजानिक स्थानमा निशुल्क धारा जडान
पथरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति पथरी शनिश्चरे १ मोरङले सार्वजानिक स्थानमा धारा जडानको काम सुरु गरेको छ । नगरपालिकाको वडा न. ३ आइतबारे बजारमा पिउने पानीको समस्यालाई समाधान गर्न निशुल्क धारा जडानको काम गरेको हो । सेवा क्षेत्रको १० सार्वजानिक स्थानमा धारा जडानको कार्यक्रम नै बनाएर काम गरिरहेको समितिका अध्यक्ष जयराम बिष्टले बताए । धारा जडानको क्रममा पाइप, सिमेन्ट सहित आवश्यक सामग्रीहरु खा...

विपन्न परिवारलाई घर उपहार दिदै कानेपोखरी गाँउपालिका

विपन्न परिवारलाई घर उपहार दिदै कानेपोखरी गाँउपालिका
विजय खम्बु कानेपोखरी । कानेपोखरी गाँउपालिका कार्यालयले पालिका क्षेत्रमा बसोबास गर्ने अति विपन्न परिवार आफ्नो लागी पालिकाले घर उपहार दिने भएपछि घर पाउने परिवार मख्ख परेका छन । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत कानेपोखरी गाँउपालिका, ह्याविटयट फर ह्युमानिटी नेपाल र साहारा नेपालसंगको सहकार्यमा वडा न. ४ को क्याम्पाघाटमा बसोबास गर्ने १७ घर परिवारको आफ्नो परिवार राख्न सुरक्षित घर पाउने भएपछि मख्...

सेल्फीरोडमा दुरघटना हुँदा २ जनाको मृत्यु

सेल्फीरोडमा दुरघटना हुँदा २ जनाको मृत्यु
पथरी । आज पथरी शनिश्चरे नगरपालिका २ सेल्फीरोडमा ट्रिपरले ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुरघटनामा परि पथरी शनिश्चरे २ बस्ने वर्ष ४८ को प्रितम गौतम र पथरी शनिश्चरे बस्ने वर्ष १८ निश्चल आङदेम्बेको मृत्यु भएको हो । पश्चिमबाट पूर्व तर्फ हिंडिरहेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ हिंडिरहेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । निश...