वडा नं. ७ च्याम्पियन : युवा प्रतिभा र अनुभवी नेतृत्वले दिलायो ऐतिहासिक सफलता
पथरी शनिश्चरे नगर खेलकुद विकास समिति तथा आइतबारे क्रिकेट क्लबको आयोजनामा सम्पन्न वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ७ ले जितेको छ। आठ वर्षअघि उपविजेतामा सीमित भएको वडा नं. ७ ले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो। असार ७ गते भएको फाइनल खेलमा वडा नं. ७ ले ८८ रनको लक्ष्य केवल ८.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै उपाधि आफ्नो नाम...










