पैसा नहुँदा २० दिन देखी मिर्गौला रोगीले औषधी खान पाएनन्
पथरी । मिर्गौला रोगले ग्रस्त बन्नु भएकी रमिता रसाइलीले पैसा अभाव भएकै कारण विगत २० दिन देखी औषधी सेवन गर्न पाउनु भएको छैन ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ३ मिलन चौक बस्नुहुने रसाइलीले पैसा अभाव भएकै कारण औषधी खान नपाउनु भएको हो ।
विगत १ वर्ष अगाडीदेखि मिर्गौला रोगले च्याप्न थालपछि उपचार गराउँदै आउनु भएको थियो । वहाँको मान बहादुर बिक का अनुसार पैसा नभएकै कारण औषधी खुवाउन नसकेको बताउनु हुन्छ ...









