मासिक पाँच लाखको जागिर छाडेर आफ्नो व्यवसायमा रमाउँदै बिरेन साम्बा लिम्बू 

मासिक पाँच लाखको जागिर छाडेर आफ्नो व्यवसायमा रमाउँदै बिरेन साम्बा लिम्बू 
पथरी । इरानको प्रतिष्ठित कम्पनी फरसाइट अफसियर ड्रिलिङ रिगमा १३ वर्षसम्म काम गरेर फर्किनु भएका विरेन सम्बा लिम्बू हाल आफ्नो व्यवसायमा रमाएर काम गरिरहनु भएको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा बसोबास गर्नु हुने साम्बाले वैदेशिक रोजगारीको राम्रो कमाई छाडेर अहिले आफ्नो पेसा व्यवसाय मज्जाले चलाएर बस्नु भएको हो । इरानमा रहँदा हाइड्रो लिक क्रेन ड्रिलिङको मेकानिकल भएर १३ वर्ष काम गर्दा निकै राम्र...

ग्रेट ग्रेस इङ्लिस एकेडेमीको नेतृत्व सम्हाल्दै गीता लिम्बू श्रेष्ठ 

ग्रेट ग्रेस इङ्लिस एकेडेमीको नेतृत्व सम्हाल्दै गीता लिम्बू श्रेष्ठ 
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ४ शान्ति चौक मोरङमा रहेको ग्रेट ग्रेस इङ्लिस एकेडेमीलाई सफल नेतृत्व दिँदै आउनु भएकी गीता लिम्बूले विद्यालयलाई दैनिक १० घण्टा समय दिनुहुन्छ । आफैले धेरै समय विद्यालयलाई दिँदा सामन्य समस्या देखी ठुला समस्या समाधान गर्न सहजता हुने अनुभवका कारण विद्यालयलाई धेरै समय दिँदै आउनु भएको हो । २०६३ सालमा स्थापना भएको यस विद्यालयमा अहिले दुई सय ५० जना हाराहारी वि...

पथरी शनिश्चरे ४ स्थित धानखेतबाट प्रहरीद्धरा लागुऔषध बरामद

पथरी शनिश्चरे ४ स्थित धानखेतबाट प्रहरीद्धरा लागुऔषध बरामद
  पथरी शनिश्चरे ४ स्थित धानखेतबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित र नियन्त्रित औषधी बरामद गरेको हो मोरङ इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी किर्तिपुरको टोलीले बरामद गरेको थियो । मंसिर ४ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी किर्तिपुरबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे–४ स्थित धान खेतमा परालले छोपेर राखेको बेबारिसे अ...

इट्टा र माटोको भट्टीबाट सुरुवात भएको न्यू गोर्खाली पाउरोटी उद्योग गुणस्तरिय प्रविधि लिएर अगाडी बढ्दै

इट्टा र माटोको भट्टीबाट सुरुवात भएको न्यू गोर्खाली पाउरोटी उद्योग गुणस्तरिय प्रविधि लिएर अगाडी बढ्दै
पथरी । न्यू गोर्खाली पाउरोटी उद्योग पथरी शनिश्चरे नगरपालिका १ मोरङमा २०५० सालमा स्थापना भएको हो । न्यू गोर्खाली पाउरोटी उद्योगको इतिहास खोज्दा ३७ हजार रुपैयाँको पहिलो लगानीबाट सुरुवात भएको यो ब्यवसाय, १२ वर्ष भाडाको घरबाट १० जना मजदुर सहितले संचालन भएको थियो । इट्टा र माटोबाट बनाएको भट्टीमा दाउरा बालेर बिभिन्न प्रकारका बिस्कुट हातले बनाएर बजार पुर्याइन्थ्यो । स्थापनाकाल देखी २०६२ सालसम्म प्...

यसपालीको तिहारमा सयपत्री फुलको माला अपुग हुने देखियो

यसपालीको तिहारमा सयपत्री फुलको माला अपुग हुने देखियो
लेटाङ । लेटाङ नगरपालिका ५ का विध्याकला राईले १ कठ्ठा जग्गा २ हजार रुपैयाँमा भाडामा लिएर रोपेको सयपत्री फुलले करिब २० हजार रुपैयाँ भन्दा बढी पैसा साटदैछिन । आठसय रुपैयाँमा बारी जोताएर फुल रोपेकी राईले ४ हजार बराबरीको २० हजार बढी कमाउदै गरेकी हुन । तिहारले झपक्क छोपेसंगै फुल खरिद गर्न आउने ब्यापारीको लस्करै लागेर आउने गरेको उनले बताइन । माला उनेर दुइसय पचास रुपैयाँका दरले अर्डर भइसकेको उनले बताइन ।...

तिम्सिनाको पुस्तक नेपालको बैङ्किङ इतिहास बजारमा

तिम्सिनाको पुस्तक नेपालको बैङ्किङ इतिहास बजारमा
बैङ्क केवल मुद्रा राख्ने थलो मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हो । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्कको इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । मोरङ पथरी शनिश्चरे १ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् । यस पुस्तककमा नेपालको मुद्रा निष्कासन को इतिहास, राणाकालीन देखि वर्तमान सम्मको बैङ्किङ इतिहास समेटेर ...

एभरेष्ट बोडिङ स्कुल र पथरी शनिश्चरे बुद्धिचाल संघ विच सम्झौतापत्रमा हस्ताक्षर

एभरेष्ट बोडिङ स्कुल र पथरी शनिश्चरे बुद्धिचाल संघ विच सम्झौतापत्रमा हस्ताक्षर
सम्झौता पत्र एक आपसमा लिदैदिदै एभरेष्ट अंग्रेजी बोडिङ स्कुलको प्रतिनिधी दिनेश कन्दङवा संघका प्रतिनिधी अध्यक्ष सुब्बा र विचमा आरबिटर डम्बर बाछाना । तस्वीर तिम्मा न्यूज पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित एभरेष्ट अंग्रेजी बोडिङ स्कुल र पथरी शनिश्चरे बुद्धिचाल संघ विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । आज विद्यालय परिसरमा विद्यालयका तर्फबाट निर्देशक रविन कन्दङवा र संघको तर्फबाट अध्य...

लर्ड बुद्ध साकोसले सम्मान, पुरस्कार वितरण गर्दै २३ औं साधरण सभा सम्पन्न गर्यो

लर्ड बुद्ध साकोसले सम्मान, पुरस्कार वितरण गर्दै २३ औं साधरण सभा सम्पन्न गर्यो
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ बुद्धचौकमा स्थापित लर्डबुद्ध साकोसले सम्मान पुरस्कार वितरण गर्दै आफ्नो २३ औं साधरणसभा सम्पन्न गरेको छ । शिवालय मन्दिर पथरीमा पूर्व संचालक सम्मानबाट राजेन्द्र प्रसाद रिजाल, उत्कृष्ट बचत कारोबारकर्ता पुरस्कार बाट बुद्धमाया तामाङ÷राकेश राई उत्कृष्ट ऋण कारोबारकर्ता पुरस्कार यमुनादेवी फुयल÷लालहाङ लिम्बू र उत्कृष्ट बालबचत कारोबार पुरस्कारबाट अप्सन तामाङलाई सम्म...

काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइन शर्माको प्रश्न — “सरकारले निजी स्वास्थ्य संस्थामाथि निथार्ने खेल किन ?”

काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइन शर्माको प्रश्न — “सरकारले निजी स्वास्थ्य संस्थामाथि निथार्ने खेल किन ?”
काठमाडौं । काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइन शर्माले नेपालमा निजी स्वास्थ्य संस्थामाथि सरकारले चलाइरहेको नीति र व्यवहारप्रति कडा आपत्ति जनाएकी जनाउनु भएको छ । वहाँले भन्नु भयो, “देशको स्वास्थ्य प्रणालीको मेरुदण्ड निजी क्षेत्र हो, तर सरकारले उल्टै यही शक्तिलाई कमजोर पार्ने प्रयास गरिरहेको छ ।” वहाँका अनुसार अहिले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) र नाम्स (काठमाडौं) जस्ता ठूला ...

नेपाली क्रिकेट टिमलाई ऐतिहासिक विजयपछि डा. सुनिल शर्माद्वारा सम्मान

नेपाली क्रिकेट टिमलाई ऐतिहासिक विजयपछि डा. सुनिल शर्माद्वारा सम्मान
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले वेस्ट इन्डिजविरुद्धको त्रिदिवसीय युनिटी कप सिरिज मा ऐतिहासिक विजय हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खेलमैदानमै पुगेर बधाई तथा सम्मान गरेका छन् । नेपालले दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज टिमलाई लगातार दुई खेलमा पराजित गर्दै सिरिज उपाधि आफ्नो पक्षमा पारेको थियो । यस ऐतिहासिक क्षणमा डा. शर्माले म्यान अ...