नक्कली नोट छाप्दा छाप्दै पक्राउ
पथरी । नक्कली नोट छाप्दा–छाप्दै प्रहरीले मोवाइल पसलका संचालकलाई पक्राउ गरेको छ ।
बेथानचोक ३ बनेपाका सबिन हुमागाईंलाई प्रहरीले ६९ हजार ५ सय रुपैयाँ नक्कली नोट सहित पक्राउ गरेको हो ।
आज उनले संचालन गरेको एचएम मोबाइल सेन्टरबाट प्रहरीले मोबाइल, आइफोन, ल्यापटप र प्रिन्टर लगायतका सामग्रीहरु बरामद गरेको प्रहरीले जानकारी दियो ।






