बिमाको १०० करोड भुक्तानी रोकिँदा निजी अस्पताल दबाबमा काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माको सरकारलाई प्रश्न
काठमाडौं — काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल सरकारअन्तर्गत सञ्चालित बीमा तथा विपन्न कार्यक्रमबाट नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले मात्रै झण्डै १०० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएकी हुन्।
उनका अनुसार बीमा कार्यक्रमअन्तर...









