अरनिको हस्पीटल र पथरी स्वबियू विच सम्झौता

अरनिको हस्पीटल र पथरी स्वबियू विच सम्झौता
पथरी । अरनिको हस्पीटल प्रा.ली. उर्लाबारीले पथरी बहुमुखी क्याम्पसमा अध्यानरत विद्यार्थीको उपचारमा सहयोग गर्ने गरि सम्झौता भएको छ । आज श्रावण ३२ गतेको दिन हस्पीटल संचालक लोलिम पोमु र पथरी बहुमुखी क्याम्पसको स्ववियू सभापति केशर राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता पत्रमा उल्लेख भए अनुसार डाक्टर फि पूर्णरुपमा निशुल्क रहने, बेडचार्ज २० प्रतिशत छुट, लाइबोटोरी चार्ज १५ प्रतिशत, अप्रेशन ...

३ दिने उद्घोषण तालिम सम्पन्न

३ दिने उद्घोषण तालिम सम्पन्न
पथरी । श्री शान्ति सामुदायिक वन उपभोक्ता समुह पथरी शनिश्चरे १ ले आयोजना गरेको ३ दिने प्रभावकारी भाषण तथा उदघोषण तालिम कार्यक्रम सम्पन्न भएको छ । होटल साल्पाको सभाहलमा साउन १७ गते बिहिबार उद्घाटन भएको कार्यक्रम आज साउन १९ गते शनिबार ३ दिनसम्मा संचालन भएर सम्पन्न भएको हो । समुहको महिला सदस्यहरुलाई शसक्तीकरण गराउने उदेश्यले आयोजना गरेको उत्त कार्यक्रममा २९ जनाले सहभागिता जनाएका थिए । मञ्जरी घिमि...

प्रभावकारी भाषण र उदघोषण तालिम उदघाटन

प्रभावकारी भाषण र उदघोषण तालिम उदघाटन
पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समुहले आयोजना गरेको ३ दिने प्रभावकारी भाषण तथा उदघोषण तालिम पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले उदघाटन गरेका छन । आज बिहीबार पथरी शनिश्चरे २ को साल्पा होटलको कार्यक्रम हलमा नगर प्रमुख तुम्बापोले कार्यक्रमको उदघाटन गरेका हुन । पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित शान्ति सामुदायिक वन उपभोक्ता समुह भित्रका २९ जना महिलाहरुलाई शसक्तीकरण गराउने उदेश्यल...

पशु चिकित्सकले नगरपालिकामा दर्ता गराउनुपर्ने

पशु चिकित्सकले नगरपालिकामा दर्ता गराउनुपर्ने
पथरी । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा निजी रुपबाट काम गर्दै आएका सम्पूर्ण पशु चिकित्सकहरुले नगरपालिका कार्यलयमा दर्ता हुनु पर्ने भएको छ । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ तथा नियमावली २०८१ वमोजिम निजी रुपमा ब्यवसायीक ढंगले संचालनमा रहेको पशु चिकित्सकहरु अनिवार्य रुपमा नगर परिषद्धमा दर्ता भएर कार्य संचालन गर्नुपर्ने भएको हो । हिजो साउन १५ गते पथरी शनिश्चरे नगरपालिकाको पशुपं...

पथरी शनिश्चरे २ मा डेङगी संक्रमित भेटिए

पथरी शनिश्चरे २ मा डेङगी संक्रमित भेटिए
पथरी । पथरी शनिश्चरे नगरपलिका वडा न. २ मा देउराली चौकमा बस्ने एकजनामा डेङगी संक्रमित भेटिएपछि “लार्भा खोज र नष्ट गर” अभियान संचालन गरेको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. २ का वडा अध्यक्ष नैना राई सहितको टोलीले वडाबासीलाई “लार्भा खोज र नष्ट गर” अभियान संचालन गरेका हो । पथरी नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, स्थानिय अगुवा र जनप्रतिनिधी सहितको टोलीले अभियान सञ्चालन गरेको थियो । हिजो साउन १५...

सट्टाभर्ना समस्या सम्वन्धी छलफल

सट्टाभर्ना समस्या सम्वन्धी छलफल
पथरी । आज मंगलबार पथरी शनिश्चरे नगरपालिकामा कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या समाधान गर्ने उदेश्यले जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरु विच छलफल कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद भट्टराई, कोशी टप्पु जग्गा सट्टाभर्ना उस समितिका संयोजक मधु सुदन अधिकारी, सदस्य सचिव कृष्णप्रसाद सापकोटा, सदस्य लालबहादु सुस्लिङ मगर सहितको टोली पथरी शनिश्चरे नगरपालिकाका जनप्र...

चौतरी सामुदायिक वन उपभोक्ता समुह उदाहणिय काम गर्दै

चौतरी सामुदायिक वन उपभोक्ता समुह उदाहणिय काम गर्दै
पथरी । पथरी शनिश्चरे नगरपालिका २ मोरङमा २०५५ सालमा स्थापना भएको श्री चौतरी सामुदायिक वन उपभोक्ता समुहले चौतर्फी विकासमा ध्यान दिदै कामहरु गरिरहेको छ । उपभोक्ताहरुको हितमा रहेर यस समुहले आफ्नो कामलाई अगाडी बढाई रहेको हो । ११५.१९ हेक्टर क्षेत्रफलमा रहेको चौतरी सामुदायिक वन उपभोक्ता समुह काठ र दाउरा वितरणमा मात्रै सिमिति छैन । यस समुहले आफ्ना उपभोत्ता सदस्यहरुलाई कृषि पेशासंग जोडेर ब्यवसायिक बनाएक...

१५१ जनालाई श्रमिक परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण

१५१ जनालाई श्रमिक परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले १५१ जनालाई अनौपचारिक श्रमिक हित व्यवस्थापन समितिले परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरेको छ । हिजो बिहीबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै पथरी शनिश्चरेलाई कार्यक्षेत्र बनाए श्रम मजदुरी गर्दै आएका श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण कार्यक्रम गरेको हो । श्रमिक तथा मजदुर सम्बन्धीको कार्यविधिलाई संसोधन...

दुर्गा माविमा सरसफाइ कार्यक्रम सम्पन्न

दुर्गा माविमा सरसफाइ कार्यक्रम सम्पन्न
पथरी । दुर्गा माध्यमिक विद्यालय परिसरमा आज असार २५ गते बुधबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे ७ लामाटोलीमा रहेको यस विद्यालयका प्रधानाध्यापक यादव घिमिरे, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, शिक्षक, शिक्षका, कर्मचारी, अभिभावक, अस्थाई प्रहरी चौकी किर्तिपुर र स्थानियहरुको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । बर्खे विदा सम्पन्न...

विपन्न विद्यार्थीहरुलाई उप–प्रमुखद्वारा साइकल वितरण

विपन्न विद्यार्थीहरुलाई उप–प्रमुखद्वारा साइकल वितरण
पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न छात्रछात्राहरुलाई साइकल वितरण गरिएको छ । आज नगरपालिकाको सभाहलमा छोटो औपचारिक कार्यक्रम पश्चात् नगर उप–प्रमुख देविमाया काफ्लेले बिद्यार्थीहरुलाई साइकल वितरण गरेको हो । नगरपालिकाको ६ ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विपन्न छात्रछात्राहरुलाई साइकल वितरण गरिएको थियो ।...